मुलुकमा पौडेल र देउवा गुट समाप्त भएको कांग्रेसका वरिष्ठ नेता पौडेलको दावी

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले मुलुकमा पौडेल र देउवाको पक्ष र गुट समाप्त भएको बताउनुभयो । 
नेपाल शिक्षक संघ पुतलीबजार नगरको प्रथम स्थानीय प्रतिनिधीसभाको उदघाटन गर्दै नेता पौडेलले कांग्रेस कसैको गुट र उपगुटमा नरहेको बताउदै वीपी कोइराला  र कृष्णप्रसाद भट्टराई जस्ता नेताले नेतृत्व गरेको कांग्रेस जस्तो हुनु पर्ने बताउनुभयो । 


वर्तमान सरकार शुसासन र शान्ति सुरक्षा दिन नसकेको बताउदै वाइडबडी बिमान प्रकरणमा लेखा समितिले प्रतिवेदन बुझाउन नपाउदै आयोग गठन गरेर ढाकछोप गर्ने प्रपञ्च रहेको पौडेलको भनाई छ । 
कार्यक्रममा पूर्व कानून मन्त्री यज्ञबहादुर थापा, पूर्व सांसद राजु थापा, शिक्षक संघका केन्द्रीय उपाध्यक्ष भरतप्रसाद लम्साल, नेपाली कांग्रेस जिल्ला सचिव कुमार राना, गण्डकी प्रदेश शिक्षक संघका महासचिव गायत्री आचार्य, शिक्षक संघका उपाध्यक्ष सीता गैहे, शिक्षक यूनियनका पूर्व अध्यक्ष मुक्तिप्रसाद रेग्मी, शिक्षक संघका पशुपति पौडेल र अर्जुन पौडेल लगायतले शिक्षा ऐन र नियमावली चालु रहेको अवस्थामा स्थानीय निकायले शिक्षा ऐन जारी गरेर शिक्षकहरुलाई दुख दिने काम गरेकोमा जोड दिनुभएको थियो । 


शिक्षक संघका नगर अध्यक्ष शिवप्रसाद तिमिल्सिनाको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन सचिव वेदप्रसाद बस्यालले गर्नुभएको थियो । यसैगरी, शिक्षक संघका केन्द्रीय उपाध्यक्ष भरतप्रसाद लम्साललाई सम्मान गरिएको थियो ।   

प्रतिकृया दिनुहोस