पिडिखोलाको थाप्लेमा आगलागी


गल्याङ – स्याङजाको गल्याङ नगरपालिका वडा नम्बर ६ पिडिखोलाको थाप्लेमा आगलागी हुदा एक गोठ पुर्ण रुपमा नष्ट भएको छ ।
आज दिउँसो करिब २ ः १४ बजेतिर नरदेउ पौड्यलको गोठमा आगलागी हुदा गोठमा रहेको दुई वटा गर्भधारण गरेका बाख्रा, एउटा पाडा र एउटा पाडी जलेर मरेको प्रहरीले जनाएको छ ।
यस्तै एउटा लैनो भैँसी र २ वटा बाख्रा घाईते अवस्थामा उद्धार गरिएको थियो ।


घरमा दुई वटा साना बालबालिका बाहेक परिवारका सवै जना बाहिर भएका कारण आगो कसरी लाग्यो भने यकिन हुन नसेको प्रहरी चौकी पिडिखोलाले जानकारी दिएको छ ।
आसपास खासै घर नभएकाले आगो पुर्णरुपमा जले पछि मात्र स्थानियबासी र प्रहरीको सहयोगमा नियन्त्रण्मा लिईएको स्थानियबासी यमलाल पाण्डेले जानकारी दिनुभयो ।

प्रतिकृया दिनुहोस