कालीगण्डकी गाउँपालि द्वारा वृद्ध वृद्धाहरुलाई घरदैलो मै पुगेर स्वास्थ्य सेवा

स्याङजाको कालीगण्डकी गाउँपालिकाको आयोजनामा आज देखि करिब चार दिन सम्मको लागि ७० वर्ष भन्दा माथिका वृद्ध वृद्धाहरुको स्वास्थ्य जाँच गर्न अभियान सुरु भएको छ ।

गाउँपालिका अन्तरगतका ४ वटा स्वास्थ्य चौकीहरुद्धारा आफ्नो मातहतको क्षेत्रमा ७० वर्ष भन्दा माथिका वृद्ध वृद्धाहरुको घरदैलो मै पुगेर स्वास्थ्य सेवा दिन थालिएको हो । गाउँपालिका र स्वास्थ्य चौकीमा कार्यरत स्वास्थ्यकर्मीको उपस्थितीमा ७० वर्ष भन्दा माथिका वृद्ध वृद्धाहरुको सुगर र रक्तचाप जाँच गरिएको छ । आज साविकको कृष्णगण्डकी स्वास्थ्य चौकी अन्तरगत साविकको कृष्णगडण्की गाविसको वडा नम्बर ९ मा जाँच गरिएको छ ।

आज भएको जाँचको तथ्याङ अनुसार कृष्णगडण्की स्वास्थ्यचौकी अन्तरगत ६८ जना वृद्ध वृद्धाहरुको स्वास्थ्य जाँच गरिएको छ । यस्तै साविकको विद्र्या स्वास्थ्यचौकी अन्तरगत साविकको वडा नम्बर ८ र ९ मा जाँच गरिएको छ । विद्र्या स्वास्थ्यचौकीका अनुसार आज ६२ जना वृद्ध वृद्धाहरुको स्वास्थ्य जाँच गरिएको छ । त्यस्तै आलमदेवि स्वास्थ्यचौकीमा जेष्ठ नागरिक ९० वर्षका टिकाराम पाण्डेको स्वास्थ्य जाँचबाट स्वास्थ्य जाँच अभियानको सुरुवात गरिएको थियो ।

 

कृण्णगण्डकी साविकको वडा नम्बर १ खाँक्सीमा गरिएको कार्यक्रममा ३० जनाले स्वास्थ्य जाँच गराएका छन् । यस्तै चण्डीभञ्ज्याङ स्वास्थ्यचौकी अन्तरगत ३८ जनाले स्वास्थ्य जाँच गरेको गाउँपालिकाले जनाएको छ ।

प्रतिकृया दिनुहोस