लल्याङबाट भट्टराइको आरोपः सरकारको अनुगम फितलो हुँदा शैक्षिक गुणस्तर खस्केको हो

नारायण विश्वकर्मा/गल्याङ् ।
सामाजिक व्यक्तित्व सोभाखर भट्टराइले सरकारको अनुगम पक्ष फितलो हुँदा सामुदायिक विद्यालयमा शैक्षिक गुणस्तर खस्केको बताउनुभएको छ ।
स्याङ्जाको गल्याङ नगरपालिका –३, लल्याङमा रहेको श्री ज्ञान ज्योति आधारभुत विद्यालयको २९ औँ वार्षिक उत्सव तथा अभिभावक दिवसलाइ सम्वोधन गर्दै भट्टराइले यस्तो बताउनुभएको हो ।
उहाँले सरकारले सामुदायिक विद्यालयमा सतप्रतिसत लगानि गरेको भए पनि शिक्षक, विद्यार्थी तथा अभिभावकहरुको क्रियाकलापका विषयमा नियमित अनुगमन तथा निरिक्षण नगर्दा सरकारको लगानि वालुवामा पानी खानाए जस्तै भएको बताउनुभयो ।
भट्टराइले सरकारलाई सामुदायिक विद्यालयको नियमित अनुगमन, निरिक्षण गरेर गल्ति कम्जोरी भएका विद्यालयलाइ सुधार गर्न सुझाव दिनुभयो ।
कार्यक्रममा गल्याङ नगरपालिका–३, का वडा अध्यक्ष महेश भट्टराइले सामुदायिक विद्यालय राष्ट्र निमार्णको आधार भएकाले सवैले चासो दिनुपर्ने बताउनुभयो ।
उहाँले समाजमा रहेका विपन्न तथा गरिव परिवारको उत्थान नहुँदा सम्म राष्ट्रको विकास नहुने भन्दै त्यस्ता परिवारले अध्यन गर्ने सामुदायिक विद्यालय भएकाले सवैको चासो हुनुपर्ने बताउनुभएको हो ।
कार्यक्रममा सामाजिक व्यक्तित्वहरु मेघनाथ भट्टराइ, गुनेन्द्र राना, झवेन्द्र भट्टराइ, गुरु प्रसाद भट्टराइ, स्याम प्रसाद भट्टराइ लगाएतले विद्यालयको शैक्षिक गुणस्तरमा सम्पुर्ण समुदायहरु एकजुट हुनुपर्नेमा जोड दिएका छन ।
त्यस्तै भु.पू विद्यार्थी तेजनारायण भट्टराइ, सामाजिक व्यक्तित्वहरु दिपक भट्टराइ, तेज प्रसाद भट्टराइ, विद्यार्थी द्धोय कृष्णा भट्टराइ, रुपेस चापागाइ लगाएतले पनि सामुदायिक विद्यालय सवैको साझा भएकाले सवैको निगरानी आवस्यक रहेको बताएका छन ।
कार्यक्रममा विद्यालयकी प्रध्यानाध्यापक सरस्वती भट्टराईले चालु आर्थिक वर्षको १८ लाख ४२ हजार ६ सय ५३ रुपैँया वरावरको आयव्य सार्वजनिक गर्नुभएको थियो ।
सोही अवसरमा छात्रवृत्ति वितरण संगै विद्यालयमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरुलाइ पुरस्कार वितरण गरिएको थियो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गोपाल भट्टराइको सभापतित्वमा सुरु भएको कार्यक्रमको संचालन शिक्षिका लक्ष्मी आचार्यले गर्नुभएको होे ।
शिक्षिका कमला भट्टराइले कार्यक्रममा सहभागि सवैलाइ शब्द द्धारा स्वागत गर्नुभएको थियो ।

प्रतिकृया दिनुहोस