गल्याङमा भलिबल प्रतियोगिता तयारी अन्तिम चरणमा


गल्याङ - नेपाल मगर युवा संघ इकाई समिती गल्याङ स्याङजाको आयोजनामा चोलि देखि सञ्चालन हुने क्लब स्तरिय पुरुष भलिबल प्रतियोगिता तयारी अन्तिम चरणमा पुगेको छ । गल्याङ बजारमा रहेको विपिसी खेल मैदानमा सञ्चालन हुने प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको नेपाल मगर युवा संघ इकाई समिती गल्याङका अध्यक्ष अमित रानाले जानकारी दिनुभयो ।


खेल मैदानको व्यवस्थापन, स्टेज व्यवस्थापन, प्रचारप्रसार लगायत विविध कार्यहरु तीव्र भईरहेको उहाँले बताउनुभयो ।
साथै उहाँले कार्यक्रमलाई सफल पार्न संघका युवाहरु एकजुट भएर काम गर्न आग्रह गर्दे कार्यक्रम सफलताको लागि गल्याङबासीको पनि सहयोग आवश्यक रहेको बताउनुभयो । विगतका वर्षहरुमा जस्तै यो वर्ष पनि नेपाल मगर युवा संघ इकाई समितीले १४ औँ वार्षिक उत्सव तथा मगरहरुको विशेष चाड माघे संक्रान्तिको अवसरमा कार्यक्रम आयोजना गरेको छ ।


भेषभुषा भाषा कला, संस्कृति सहित स्वास्थ्यको लागि खेल भन्ने नाराका युवा संघले भलिबल तथा विविध साँस्कृतिक कार्यक्रम आयोजना गरिएको हो । भोलि दिउँसो १ बजे हुने समुद्घाटन कार्यक्रम रहेको आयोजकले बताएको छ ।  विगतका वर्षहरुमा जस्तै यो वर्ष पनि भव्यताका साथ मनाउने तयारी गरेको क्लबका सचिव सोनम सारुले बताउनुभएको छ ।
भलिबल प्रतियोगितामा प्रथम, दोस्रो, तृतिय र सान्वना हुने टिमलाई क्रमशः ४५ हजार, २२ हजार, ११ हजार र ५ हजार नगद प्रदान गरिने भएको छ । यस्तै विजेता सम्पुर्ण टिमलाई ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने छ ।
साथै उत्कृष्ट खेलाडी, स्पाइकर, लिवेरो, ब्लकर र सेटरलाई पनि आर्कषक पुरस्कारको व्यवस्था गरिएको संघले जनाएको छ ।
भलिबल प्रतियोगिता तथा विविध साँस्कृतिक कार्यक्रमलाई भव्य र सव्य तरिकाले सफल पार्न  सम्पुर्ण क्लब, संघ संस्था, खेलाडीहरुलाई आयोजकले हार्दिक आह्वान गरेको छ ।

प्रतिकृया दिनुहोस