राप्रपा (प्रजातान्त्रिक) स्याङ्जाले पृथ्वी जयन्ती मनाउने

नरायण विश्वकर्मा/स्याङ्जा ।
राष्ट्रिय प्रजातन्त्र पार्टि नेपाल (प्रजातान्त्रिक) जिल्ला कार्य समिति स्याङ्जाले
२९७ औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस भव्यताका साथ मनाउने भएको छ ।
स्याङ्जाको गल्याङ नगरपालिका–११, भाटिमा रहेको गल्याङ एफ.एम संगको कुराकानीमा राप्रपा (प्रजातान्त्रिक) स्याङ्जाका अध्यक्ष ज्ञान प्रसाद न्यौपानेले देशको विग्रदो समसामहिक परिस्थितीमा जातिय धार्मिक, क्षेत्रीय विखण्डन भैरहेकाले राष्ट्रिय एकताको खाँचो अपरिहार्य रहेको बताउनुभयो ।
उहाँले टुक्रा टुक्रा भुरा राज्यलाइ एकताको सुत्रमा वाँधेर सुन्दर देश नेपाल बनाउने महान हस्तिको सम्मानका लागि पौष २७ गते पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाउन लागिएको जानकारी दिनुभयो ।
जिल्ला सदरमुकाम पुतली बजारमा पृथ्वीनारायण शाहको तस्विरमा मल्यापर्ण कार्यक्रम संगै, प्रभात फेरि, प्रवचन लगाएतका कार्यक्रम रहेको न्यौपानेको भनाइ छ ।
“हरेक बर्ष पौष २७ गते पृथ्वी नारायण शाहको जन्मजयन्ति हर्र्षोल्लास पूर्वक मनाइन्छ ।” न्यौपानेले भन्नुभयो–“यस दिन केवल एउटा राजाको जन्मदिन मात्र नभई सिंगो नेपालको पहिचान हो ।”
विक्रम सम्वत १७७९ मा आजकै दिन अर्थात पौष २७ मा पिता राजा नरभुपाल शाह र माता कौशलयावति देवीका प्रथम पुत्र पृथ्वी नारायण शाहले आधूनिक नेपालको खाका कोरेको मानिदै आएको छ ।
२०६२ र ६३ को जन–आन्दोलन अगाडी राज संस्थाको शासनकालमा काठमाडौ सिंहदरवारको पश्चिमी द्वारको पृथ्वी नारायण शाहको सालिकमा भब्यरुपमा मानिस भेला हुने र फूलमाला अर्पण गरेर मनाईने चलन थियो ।
तर गणतन्त्रको शुरुवात संगै राज संस्था अनि राज धरोहर प्रतिको अकास्मात वितृष्णाले केही महत्वपूर्ण चलनहरु पनि बगाएर लगेको छ ।

 

 

प्रतिकृया दिनुहोस