भीरकोटमा केघा होमिस्टे सञ्चालनको लागी एक समिति गठन

भीरकोट नगरपालिका २ केघामा केघा होमिस्टे सञ्चालनको लागी एक समिति गठन गरिएको छ । 
वडालाई पर्यटनको माध्यमबाट विकास गर्ने उद्देश्यले गुरुङ बस्ती रहेको केघामा होमिस्टे सञ्चालन गरिने वडा अध्यक्ष कमल त्रिपाठीले बताउनुभयो ।


होमिस्टेले पर्यटन आगमनमा वृद्धि गर्ने भन्दै नमुना होमिस्टे बनाउनका लागी आँफू प्रतिवद्ध रहेको अध्यक्ष त्रिपाठीले बताउनुभयो ।  कार्यक्रममा वडा नं. १ का अध्यक्ष एवं नगरप्रवक्ता दिपेन्द्र केसी, नगरकार्यपालिका सदस्य विन्दु खड्कालगायतले बोल्नुभएको थियो ।


कार्यक्रममा योजना अधिकृत यामप्रसाद रेग्मीले कार्यक्रमका बारेमा प्रकाश पार्नुभएको थियो । स्थानीय देवबहादुर गुरुङको अध्यक्षतामा ९ सदस्यीय समिति गठन गरिएको छ । उपाध्यक्षमा कोषमाया गुरुङ, कोषाध्यक्षमा ईश्वर गुरुङ, महिला सदस्यमा धनमाया गुरुङ, सदस्यहरुमा तिलबहादुर गुरुङ, शाहबहादुर गुरुङ, नरेन्द्र गुरुङ, देउमाया गुरुङ र मोहन गुरुङ रहनुभएको छ । 

प्रतिकृया दिनुहोस