अस्थित्व संकटमा पर्वतमा पाईने कालिज

अस्थित्व संकटमा पर्वतको सामुदायिक वन पखेरावारी डाँडापाखामा छ्यापछ्याप्ति पाईने र देख्न सकिने कालिज लोपउन्मोख अवस्थामा पुगेको छ । पछिल्लो समय सामुदायिक वनमा शिकारीको विगविगी वढेसँगै कालिजको अस्थित्व संकटमा पर्ने देखिएको हो । जिल्लाका समथर भुभागदेखि उच्च लेकाली भुभागका विभिन्न ठाउँ तथा वनमा देखिने कालिज आजभोली देखिन छाडेका हुन् ।

कुनैपनि वन्यजन्तुको चोरीशिकारी निकासी तथा पैठारी गर्ने कार्य कानुन विपरित भएपनि शिकारीको विगविगी वढेसंगै यस्ता वन्यजन्तुको अस्थित्व संकटमा पर्ने देखिएको छ । जिल्लाको कुस्मा नगरपालिका ७ खरेहाको भड्खोरे सामुदायिक वनमा अहिले सवै वन चाहर्दा पनि एउटा कालिज देख्न नसकिने भड्खोरे सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष तेज गिरीले बताउनुभयो ।

२ दिन अगाडि मात्र वनरक्षक शोभाकान्त शर्माले वनमा कालिजलाई जालमा पार्दै र मार्दै हिड्ने केही व्याक्तिलाई नियन्त्रणमा लिन खोज्दा भागेको अध्यक्ष गिरीको भनाई छ । वजारमा प्रतिगोटा कालिजको ३ हजारदेखि ४ हजार रुपैया सम्ममा केहि मानिस विक्रि गदै हिड्ने गरेको छन् । कालिज जिल्लाका अन्य गाउँपालिकाहरुमा पनि लोप भैसकेको स्थानियले बताएका छन्   ।

प्रतिकृया दिनुहोस