जमिनको कित्ताकाट फुकुवा

काठमाडौं -  सरकारले डेढ वर्षअघि रोक लगाएको जग्गा कित्ताकाट फुकुवा गरेको छ ।

सम्बन्धित स्थानीय तहले खेतीयोग्य जग्गा होइन भनेर सिफारिस गरेपछि जग्गा कित्ताकाट गर्न पाइने भूमि ब्यवस्थामन्त्री पद्मा अर्यालले शुक्रबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा जमिन कित्ताकाट खुला गरेको जानकारी दिनुभयो ।

 

रोक्का गर्दा ब्यबहारिक कठिनाइ भएको र विभिन्न विकृति भएका कारण जग्गा कित्ताकाट खुला गर्नुपरेको उहाँको प्रष्टीकरण छ ।

२०७४ साउन २६ मा जग्गा खण्डिकरण रोक्न गरेको निर्णय खारेज गरिएको मन्त्रालयले जनाएको छ ।

प्रतिकृया दिनुहोस