तनहुँ बाराही साँझ हुने

बौद्धिक अपाङ्गता, शारीरिक अपाङ्गता, सुस्त मनस्थिति, सुस्त श्रवण बालबालिकाको सहयोगका लागि माघ २७ गते तनहुँ बाराही साँझ ५ आयोजना गर्न लागिएको छ ।

तनहुँका १० स्रोत केन्द्रमा अध्ययनरत ११० बालबालिकाको सहयोगार्थका लागि उक्त कार्यक्रमको आयोजना गर्न लागिएको तनहुँ हङ्कङ समाजका कार्यक्रम संयोजक प्रदीप काफ्लेले जानकारी दिनुभयो ।

कार्यक्रमबाट सङ्कलित भएको केही रकम अक्षयकोषमा थप गर्ने र केही रकम अपाङ्गताकै लागि वितरण गर्ने उद्देश्य रहेको छ ।

अपाङ्गता भएका बालबालिकाको सहयोगार्थ यसअघि नै स्थापित १० लाखको अक्षयकोषबाट आएको ब्याजले उनीहरूको लत्ताकपडा, खाद्यान्न, शैक्षिक सामग्री वर्षेनी प्रदान गर्दै आएको छ ।

प्रतिकृया दिनुहोस