तनहुँ व्यासका  मिर्गौलापीडित सुमन गुरुङलाई आर्थिक सहयोग

 

दुवै मिर्गाैला खराब भई उपचारमा रहेका तनहुँ व्यास नगरपालिका–७ छापथोकका २७ वर्षीय सुमन गुरुङको परिवारलाई दुई लाख ५८ हजार ७२० हस्तान्तरण गरिएको छ ।

तनहुँ हङ्कङ समाजको सहयोगमा हङ्कङ निवासी दीपक गुरुङ, जसमाया गुरुङ र माया थापाको सक्रियतामा सङ्कलित रकम मिर्गौलापीडितकी आमा विना गुरुङलाइ हस्तान्तरण गरिएको हो ।

समाजसेवी भीमबहादुर गुरुङले शैक्षिक, धार्मिक, विपद्जस्ता सामाजिक क्षेत्रमा सहयोग गर्दै जाने योजनाअनुरुप सो सहयोग गरिएको बताउनुभयो ।

गत कात्तिक महीनामा तनहुँ युके समाजले मिर्गौलापीडित गुरुङको उपचारका लागि रु चार लाख ३७ हजार ५०० आर्थिक सहयोग गरेको थियो ।

रोजगारीको सिलसिलामा साउदी गएका गुरुङको दुवै मिर्गौला खराब भएको थाहा पाएपछि स्वदेश फर्किएका थिए ।

आर्थिक अवस्था कमजोर रहेका गुरुङ परिवारलाई विभिन्न सङ्घसंस्थाले उपचारका लागि सहयोग गर्न थालेका छन् । 

छोराको उपचारका लागि हालसम्म रु तीन लाख खर्च भइसकेको आमा विनाले जानकारी दिनुभयो ।

प्रतिकृया दिनुहोस