पाल्पाको पूर्वखोला गाउँपालिका द्वारा बालबालिकालाई शैक्षिक सामग्री सहयोग

पाल्पाको पूर्वखोला गाउँपालिका–१ सिलुवाले वडामा रहेका दलित, जनजाति परिवारका बालबालिकालाई शैक्षिक सहयोग गरेको छ ।

पठनपाठनमा सहयोगस्वरुप वडाले वडाभित्र बसोबास गर्ने ७६ बालबालिकालाई छात्रवृत्ति, स्कुल पोशाक र झोला सहयोग गरेको हो ।

दलित, जनजाति बालबालिकालाई गाउँपालिकाका अध्यक्ष नुनबहादुर थापाले छात्रवृत्ति, स्कुल पोशाक र झोला वितरण गर्दै नियमित विद्यालय जान बालबालिका र अभिभावकलाई अनुरोध गर्नुभयो ।

आर्थिक अभावमा अझैपनि गाउँघरमा दलित, जनजाति परिवारका बालबालिका नियमित विद्यालय नगएको यदाकदा पाइने हुँदा उनीहरुलाई नियमित पठनपाठनका निम्ति विद्यालय जान प्रोत्साहन गराउन शैक्षिक पोशाक, झोला र छात्रबृत्ति रकम सहयोग गरेको वडा अध्यक्ष भोगबहादुर थापाले बताउनुभयो ।

छात्रवृत्ति रकम, स्कुल पोशाक र झोला पाएपछि यहाँका बालबालिका र अभिभावक खुसी भएका छन् ।

प्रतिकृया दिनुहोस