रामपुर महोत्सव तथा व्यापार मेलामा रु चार करोडभन्दा बढीको कारोवार

पाल्पा - पाल्पाको रामपुरमा चलेको दोस्रो रामपुर महोत्सव तथा व्यापार मेलामा रु चार करोडभन्दा बढीको कारोवार भएको छ ।

रामपुर उद्योग वाणिज्य सङ्घको आयोजनामा भएको मेलाको बिहीबार सातौँ दिनसम्म आइपुग्दा रु चार करोड १९ लाख बराबरको कारोवार भएको आर्थिक प्रतिवेदन उपसमितिका संयोजक सूर्यप्रसाद श्रेष्ठले बताउनुभयो ।

मेला अवधिभर रु आठ करोडदेखि दश करोडसम्म कारोवार गर्ने र एक लाख पचास हजारदेखि दुई लाखसम्म दर्शक भित्र्याउने सङ्घको लक्ष्य रहेको छ ।

मेलामा मगर भेषभूषा, तामाका भाडा, अल्लोबाट उत्पादित झोला, फलामका सामान, कृषिजन्य वस्तु विशेष आकर्षणको रुपमा रहेको छ ।

रामपुरमा पहिलो पटक प्याराग्लाइडिङ उडानसमेत गरिएको छ । दैनिक कलाकारको साङ्गीतिक प्रस्तुतिले महोत्सव प्राङ्गणमा दर्शकको बाक्लो उपस्थिति बढिरहेको छ । पाल्पा, स्याङ्जा, तनहुँ, नवलपरासीलगायतका विभिन्न जिल्लाका दर्शकले मेला अवलोकन गरिरहेका छन् ।

यस्तै पाल्पामा ग्यास तथा खनिज तेल अन्वेषणका लागि सरकारले चिनियाँ कम्पनीलाई स्वीकृति दिएको छ ।

‘इम्प्मिेन्टेशन एग्रिमेन्ट अफ चाइना एड अन आइल एण्ड ग्यास रिसोर्स सर्भे प्रोजेक्ट इन नेपाल’लाई स्वीकृति दिइएको हो ।

 

 

प्रतिकृया दिनुहोस