गल्याङ्ग नगर समाज युएईको पहिलो अधिवेशन सम्पन्न

( संकल्प खनाल ) युएई - स्याङ्गजा जिल्लाको गल्याङ्ग नगरपालिकावासीहरुको समाज गल्याङ्ग नगर समाज युएईको पहिलो अधिवेसन सम्पन्न भएको छ ।

समाजका तदर्थ समितिका विष्णु गैरेको स्वागत मन्तव्यबाट शुरु भएकोे उक्त कार्यक्रममा स्याङ्गजा सहयोग समाज युएईका संस्थापक उपाध्यक्ष एकेन्द्र थापाको प्रमुख अतिथ्यता रहेका थिए । कार्यक्रममा स्याङ्गजा सहयोग समाज युएईका अध्यक्ष खगेन्द्र गैरे विशेष अतिथि रहेका थिए भने स्याङ्गजा जिल्लाका अध्यक्ष गाउपालिका नगरपालिका स्तरिय संस्था प्रतिनिधिहरुको आतिथ्यता रहेको थियो ।

युएईको बरदुबईमा रहेको लुम्बिनि गेष्ट हाउसमा आयोजना गरिएको प्रथम अधिवेशनले पिताम्बर अर्यालको अध्यक्षतामा १५ सदस्यिय कार्य समिति चयन गरेको छ । जसको उपाध्यक्षमा राजु वस्याल र गोपाल भट्टराई रहेका छन । त्यसैगरी महासचिवमा कल्पित भण्डारी, सचिव तुल्सीराम भुषाल, कोषध्यक्ष रेशमराज खनाल, सहकोषाध्यक्ष प्रकृति रेग्मी निर्वाचित भएका छन । कार्यसमिति सदस्यहरुमा क्रमशः विष्णु गैरे, मुक्ति भट्टराई, जमुना चापागाई, विष्णु भण्डारी, विकास कर्मचार्य, राजु अधिकारी, टिका भण्डारी र प्रदिप चापागाई रहेका छन । निर्वाचित पदाधिकारीहरुलाई निर्वाचन समिति संयोजक लक्ष्मण खनाल र समिति सचिव ओमकार पोखरेलले खादा तथा ओहोदाको प्रमाणपत्र प्रदान गरि वधाई तथा शुभकामना दिएका थिए ।

प्रतिकृया दिनुहोस