गल्याङ्मा हुने साना किसानकोे व्यवस्थापन हस्तान्त्रणलाई मन्त्री अर्यालले सम्वोधन गर्ने

नारायण विश्वकर्मा /गल्यााङ । स्याङ्जाको गल्याङ बजारमा हुने व्यवस्थापन हस्तान्त्रण कार्यक्रमलाई भुमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री पद्मा कुमारी अर्यालले सम्वोधन गर्नु हुने भएको छ ।
श्री तुलसीभञ्याङ साना किसान तथा कृषि सहकारी संस्था लिमिटेडको आयोजनामा व्यवस्थापन हस्तान्त्रण कार्यक्रम हुन लागेको संस्था कार्यवाहक अध्यक्ष दल वहादुर सिंजालीले जानकारी दिनुभयो ।
सिंजालीका अनुसार श्री तुलसीभञ्याङ साना किसान तथा कृषि सहकारी संस्था लिमिटेडले साना किसान सहकारी अनसरण कार्यक्रम संचालन गरि कालिकाकोटको लेकबेसी, निवुवाखर्कको ताम्कीकोट, आलमदेवीको आलमदेवी, चण्डीभञ्याङ कारिकोटको कारिकोट साना किसान तथा कृषि सहकारी संस्थालाई व्यवस्थापन हस्तान्त्रण गर्न लागेको हो ।
संस्थाका व्यवस्थापक सम्भुनारायण अधकारीले कार्यक्रम यहि आउदो माघ २६ गते सनिबार ११ बजे गल्याङ वहुमुखी क्याम्पसको प्राङ्गणमा हुने जानकारी दिनुभयो ।
अधिकारीका अनुसार मन्त्री पद्मा कुमारी अर्यालले प्रमुख अतिथिको रुपमा तथा नेपाल कृषि केन्द्रिय सहकारी संघका अध्यक्ष तथा साना किसान लघु वित्त वित्तिय संस्थाका अध्यक्ष खेम बहादुर पाठकले विशिष्ट अतिथिको रुपमा कार्यक्रमलाई सम्वोधन गर्नुहुने छ ।
कार्यक्रममा सहभागी हुन सम्पुर्ण सर्वसाधारण, संघ संस्थाका प्रतिनिधि, राजनितिक दलका प्रतिनिधि लगाएत सवैलाई उपस्थीत हुन व्यवस्थापक अधिकारीको अनुरोध छ ।

प्रतिकृया दिनुहोस