स्याङ्गजा मलुङगेली सर्जकको दोहोरी गीत ‘आगो बालिदिने’

काठमाण्डौ - कला पंगेनी र बिजय तिवारीको आवाजमा नयाँ लोक दोहोरी गीत ‘आगो बालिदिने’ युट्युबमा सार्बजनिकभएको छ । दुर्गा पँगेनीको शब्द संकलन रहेको गीतमा आशिष अविरलले संगीत संयोजन गरेका छन् र  उक्त गीत मारुनी स्टुडियोमा रेकर्ड गरिएको हो ।

प्रविन थापाले निर्देशन गरेको गीतको भिडियोमा मोडल द्वय दिपाशा बिसी र जेम्स बिसीले अभिनय गरेका छन् । नमराज घिमिरेले खिचेको भिडियो शक्ति प्रज्वल घिमिरेले सम्पादन गरेका हुन । गायक बिजय तिवारीको युट्युब च्यानलबाट गीत सार्वजानिक भएको छ ।

प्रतिकृया दिनुहोस