गल्याङ पिडिखोलाको उत्तरी भेग र दक्षिणी भेग जोड्ने मोटरबाटो निर्माण कार्य सम्पन्न

पिडिखोला - स्याङजाको गल्याङ नगरपालिका वडा नम्बर ६ पिडिखोलाको उत्तरी भेग र दक्षिणी भेग जोड्ने मोटरबाटो निर्माण कार्य सम्पन्न भएको छ ।

गल्याङ नगरपालिका र वडा नम्बर ६ को सहकार्यमा पिडिखोलाको उत्तरी भेग र दक्षिणी भेग जोड्ने छविसेबजार, नरोदय माध्यमिक विद्यालयको पश्चिमी क्षेत्र हुदै साविकको पिडिखोला प्रहरी चौकी र पाण्डेथोक सम्म जोड्ने मोटर बाटो निर्माण कार्य सम्पन्न भएको हो ।

बाटो निर्माण भएपछि पिडिखोलाको सवै सरकारी कार्यालय, प्रहरीचौकी सम्म आवजावतमा सहज हुने भएको पिडिखोलाबाट यमलाल पाण्डेले जानकारी दिनुभयो ।

बाटो निर्माणसँगै सवै सरकारी कामकाज लागि पिडिखोला आउने सेवाग्राही लगायत स्थानियबासीलाई वारि– पारि गर्न अत्यन्तै सहज भएपछि पिडिखोलाबासी हर्षित भएका छन्

प्रतिकृया दिनुहोस