सञ्चार क्षेत्रको भूमिका महत्वपूर्ण छ : मुख्यमन्त्री गुरुङ

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले सरकार र प्रदेशसभालाई प्रभावकारी बनाउन सञ्चार क्षेत्रले महत्वपूर्ण भूमिका खेल्नुपर्ने बताउनुभएको छ ।

संसदीय पत्रकार मञ्च गण्डकी प्रदेशको प्रथम अधिवेशनको आज उद्घाटन गर्दै उहाँले संसद् जनताको समस्या समाधानको थलोका रुपमा विकसित हुनुपर्नेमा जोड दिनुभयो । जनतालाई सुसूचित गराउन पत्रकारिता क्षेत्रले सकारात्मक भूमिका खेल्नुपर्नेमा जोड दिँदै उहाँले सङ्घीय शासन प्रणालीलाई स्थापित गर्दै तीनवटै सरकारबीच समन्वय अपरिहार्य रहेको बताउनुभयो ।

पत्रकारिताको माध्यमबाट प्रदेशसभा र सरकारका गतिविधिलाई सत्यतथ्यमा आधारित समाचार संप्रेसणमार्पmत जनतालाई सुसूचित गराउन सहयोगी बन्नुपर्नेमा उहाँको जोड थियो ।

संसदीय प्रणालीलाई प्रभावकारी ढङ्गले सञ्चालन गर्नुपर्ने वर्तमानको आवश्यकता भएको उल्लेख गर्दै उहाँले शान्तिपूर्ण सङ्घर्षको माध्यमबाट समृद्धि प्राप्त गर्न सकिने धारणा राख्नुभयो ।

गण्डकी प्रदेशका सभामुख नेत्रनाथ अधिकारीले प्रदेशसभा नयाँ अभ्यास भएकाले सञ्चार क्षेत्रले यसका गतिविधिलाई वैज्ञानिक ढङ्गले सहयोग गर्नुपर्ने बताउनुभयो ।

आन्तरिक मामिला तथा कानूनमन्त्री हरिबहादुर चुमानले सञ्चार क्षेत्रले सरकार र जनताबीचको पुलको भूमिका निर्वाह गर्दै आएको उल्लेख गर्नुभयो ।

प्रतिकृया दिनुहोस