जनताको जीवनस्तर उकास्न सहकारीको भूमिका महत्वपूर्ण हुने : मन्त्री पद्मा अर्याल

सहकारी ग्रामिण क्षेत्रमा छरिएर रहेका गरिव परिवारको सारथी बन्नु पर्ने बताउदै सहकारीका माध्यमबाट देश विकास निर्माण अभियानमा महत्वपूर्ण भूमिका खेल्ने कुरा  भुमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री पद्मा कुमारी अर्यालले जनताको जीवनस्तर उकास्न सहकारीको भूमिका महत्वपूर्ण हुने बताउनु भयो । 


उहाँले सहकारी मात्रै जनताको तल्लो तहसम्म पुग्ने माध्यम भएकाले यसबाट जनताको सम्बृद्विको बाटो कोर्न सकिने बताउनुभयो । 
स्याङ्जाको गल्याङ बजारमा रहेको तुलसीभञ्याङ साना किसान तथा कृषि सहकारी संस्था लिमिटेडको व्यवस्थापन हस्तान्त्रण कार्यक्रममा मन्त्री अर्यालले यस्तो बताउनुभएको हो । मन्त्री अर्यालले जनताको सुख र सम्बृद्विका लागि सरकारले विभिन्न योजना ल्याएको पनि बताउनुभयो । उहाँले भूमिहीन र सुकुम्बासीका लागि सरकारले विशेष कार्यक्रम ल्याउन लागेको जानकारी दिनुभयो ।

 
आफुले यस क्षेत्रको विकासका लागि सक्दो प्रयत्न गर्ने मन्त्री अर्यालले बताउनुभयो । उहाँले पार्टी भन्दा माथि उठेर अब संबृद्विको दिशामा अघि बढ्नुपर्नेमा जोड दिनुभयो । आफ्नो गाउँठाउँको विकासको लागि आफै जागरुक हुनुपर्ने भन्दै उहाँले साना किसानका लागि गर्नुपर्ने सबै सहयोग गर्न सधैं तत्पर रहेको बताउनुभयो ।
कार्यक्रममा नेपाल कृषि केन्द्रिय सहकारी संघका अध्यक्ष तथा साना किसान लघु वित्त वित्तिय संस्थाका अध्यक्ष खेम बहादुर पाठकले देशको संबृद्विमा सहकारीको योगदान महत्वपूर्ण रहेको बताउनुभयो । 


गल्याङ नगरपालिका प्रमुख भूपराज अधिकारीले साना किसानको माध्यमबाट नगरपालिकालाई अझै अगाडी बढाउन चाहेको बताउनुभयो । उहाँले कृषिको माध्यमबाट देशमा विकास ल्याउन सकिने भन्दै कृषि क्षेत्रमा रोजगारीको सृजना गर्न र आत्मनिर्भर बनाउन साना किसानले महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो ।
कार्यक्रममा तुलसीभञ्याङ साना किसान तथा कृषि सहकारी संस्था लिमिटेडले साना किसान सहकारी अनुसरण कार्यक्रम संचालन गरि कालिकाकोटको लेकबेसी, निवुवाखर्कको ताम्कीकोट, आलमदेवीको आलमदेवी, चण्डीभञ्याङ कारिकोट साना किसान तथा कृषि सहकारी संस्थालाई व्यवस्थापन हस्तान्त्रण गरेको हो ।

प्रतिकृया दिनुहोस