गल्याङ ईलुङ्गामा भलिवल प्रतियोगिता सम्पन्न

 

गल्याङ - स्याङ्जाको गल्याङ नगरपालिका–२, इलुङ्गामा जारी पुरुष भलिवल प्रतियोगिता सम्पन्न भएको छ । इलुङ्गा खेल समितिले आयोजना गरेको कार्यक्रममा गल्याङ नगरपालिकाका उप–प्रमुख देवि सरा थाला मगरले खेल राष्ट्रको पहिचान भएको बताउनुभयो ।

उहाँले इलुङ्गा खेलकुदको क्षेत्रमा निक्कै जागरुक भएकाले नगरपालिकाले सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । थापा मगरले ईलुङ्गाका युवाले खेलकुदलाई निक्कै माया गर्ने भएकाले राष्ट्रिय खेलाडि उत्पादनको थलो बनाउन सकिने बताउनुभयो ।

भलिवल प्रतियोगितामा वयस्क तर्फ इलुङ्गा खेल समिति विजेता बन्दै ५१ हजार प्राप्त गरेको भने जनसक्ति युवा परिवार कपुर्दीले दोस्रो स्थान ओगट्दै ३५ हजार प्राप्त गरेको छ । त्यस्तै कालिका युवा परिवार कुरुङ्चेले तेस्रो हुँदै १८ हजार र आयोजक समुह (बि) ले सान्त्वना हुँदै १० हजार प्राप्त गरेको छ । सवै विजेता टिमले सिल मेडल र प्रमाण पत्र प्राप्त गरेका छन ।

त्यस्तै पु.पू ४५ वर्ष भन्दा माथिको प्रतियोगितामा गल्याङ भु.पू ले विजेता बन्दै खसि, सिल मेडल र प्रमाण पत्र प्राप्त गरेको छ भने इलुङगा भु.पू ले खसि सिल मेडल र प्रमाण पत्र प्राप्त गरेको छ । इलुङ्गा खेल समितिका अध्यक्ष थगेन्द्र सोमै मगरको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन वडा सदस्य लाल वहादुर घर्तिले गर्नुभएको थियो ।

प्रतिकृया दिनुहोस