आज सरस्वती पूजा (श्रीपञ्चमी)

काठमाडौँ -  'श्रीपञ्चमी' पर्वका अवसरमा आज नेपालभर विद्याकी अधिष्ठात्री देवी सरस्वतीको पूजा -आराधना गरी मनाइँदैछ  । चन्द्रमाजस्तो गोरो वर्ण भएकी तथा हातमा वीणा र पुस्तक लिएकी विद्याकी देवी सरस्वतीलाई भक्तजनले भारती, शारदा, हँसवाहिनी, जगन्माता, वागीश्वरी, कौमारी, वरदायिनी, बुद्धिधात्री, ब्रहृमचारिणी, चन्द्रघण्टा र भुवनेश्वरीजस्ता नामले पुकार्छन् । विद्या र सिर्जनाकी देवी भएकाले विशेष गरी साहित्यकार, कलाकार, पत्रकार, शिक्षक र विद्यार्थी आ-आफ्ना कला-साधनाका वस्तु कलम, कापी, कुची र वाद्ययन्त्र आदिलाई सरस्वतीका रूपमा पूजा-आराधना गर्छन् भने तान्त्रिकहरू तन्त्र सिद्धिका लागि तारादेवीका रूपमा आराधना गर्छन् ।सुर्य उत्तरतिर लागी दिन लामो हुने र वसन्त ऋतु प्रारम्भ हुने विश्वासका साथ आजका दिनलाई 'वसन्त पञ्चमी' पनि भन्ने गरिन्छ ।ऋग्वेदमा वाग्देवीका नामले प्रसिद्धी पाएकी ब्रहृमाकी अर्धांगिनी ब्रहृमायणीको पूजा उपासनाले सबै प्रकारको ज्ञान, सिद्धी र सद्वुद्धि प्राप्त हुने भएकाले सरस्वती पूजाको ठूलो महत्व छ । गार्न्धर्व पुराणमा आजका दिन सरस्वतीको पूजा गरी विद्यारम्भ गरेमा र्सवसिद्धी प्राप्त हुन्छ भन्ने उल्लेख छ । आजका दिन विवाह, व्रतबन्ध, गुफा राख्ने र बेलविवाह (इही) जस्ता सामाजिक तथा धार्मिक कार्य गर्न साइत हेर्नुपर्दैन भन्ने विश्वास छ । यस दिन बालबालिकालाई शिक्षारम्भ गराउने र नाक-कान छेड्ने गरिन्छ ।

काठमाडौँ उपत्यकाका स्वयम्भू, मैतीदेवी र गैरीधारास्थित नीलसरस्वती, ललितपुरको लेलेलगायत अन्य जिल्लामा रहेका सरस्वतीका मन्दिरमा आज बिहानैदेखि पूजाआजा गर्न भक्तजन, खासगरी छात्रछात्राको घुइँचो लाग्ने गर्छ । सरस्वतीलाई चढाइएको सात गेडा अक्षता निलेमा विद्या र वुद्धि स्फुरण भई विद्यादेवीबाट चेतनाको ज्योति पाइन्छ भन्ने धार्मिक विश्वास छ । नेपाली समाजमा कसैसँग ऋण वा सापटी लिँदा श्रीपञ्चमीको भाखा राख्ने चलन ग्रामीण क्षेत्रमा अद्यपि पाइन्छ ।  यसै अवसरमा भोलि शनिबार बिहान ११:४१ मिनेटमा राष्ट्रपतिबाट वसन्त श्रवण गर्नुहुने भएको छ  यसै बीच कालिका एफ एम ९५.२ ले बिहान ८ बजे को कालिका न्युज अपडेट पछि सरस्वति पूजा हुने विभिन्न चिध्यालय बात प्रत्यक्ष प्रसारण गर्दै छ  । 

प्रतिकृया दिनुहोस