चापाकोटमा प्रशासन कार्यालयबाट टाढा रहेका नागरिकलाई मध्यनजर गर्दै  घुम्ती शिविरको आयोजना

चापाकोटमा प्रशासन कार्यालयबाट टाढा रहेका नागरिकलाई मध्यनजर गर्दै  घुम्ती शिविरको आयोजना

चापाकोट   - जिल्ला प्रशासन कार्यालयले प्रशासन कार्यालयबाट टाढा रहेका नागरिकलाई मध्यनजर गर्दै २ दिने घुम्ती शिविरको आयोजना गरेको छ । चापाकोट नगरपालिकाको समन्वय तथा सहयोगमा साविक साँखर गाविस स्थित भाग राधादामोदर संस्कृत माविमा शिविरको आयोजना गरेको हो ।

शिविरको पहिलो दिन सोमबार पुरुष १९ र महिला ४४ गरी ६५ जनाले नागरिकता लिएका छन् । त्यस्तै ३ जनाले जनजाति र १ जनाले दलित प्रमाणपत्र लिएका छन् । फोटो सहितको मतदाता नामावाली दर्ता तर्फ पुरुष ४३ र महिला ५२ जना गरी ९५ जनाले नामावली दर्ता गराएका प्रशासन कार्यालयका प्रशासकिय अधिकृत सुरेश ढकालले जानकारी दिनुभयो ।

प्रतिकृया दिनुहोस