स्याङ्जामा अंशबण्डा मुद्धामा फरार व्यक्ति ३६ वर्षपछि पक्राउ

 

स्याङ्जाको कालीगण्डकी गाउँपालिकाका बृद्ध ३६ वर्षपछि पक्राउ पर्नुभएको छ । अंशबण्डा मुद्धामा जरिवाना तथा कैद सजाय तोकिए पश्चात फरार ७५ वर्षीय भिल्लुप्रसाद न्यौपाने ३६ वर्षपछि पक्राउ पर्नुभएको हो ।

न्यौपानेलाई अंशबण्डा मुद्धामा २०३९ साउन १७ गतेको आदेशले ५ हजार २ सय २ रुपैँया जरिवाना तथा दुई वर्ष केद सजाँए तोकेको थियो । त्यसयता फरार न्यौपाने पक्राउ पर्नुभएको हो । पक्रउ परेका न्यौपानेलाई सजया भुक्तानीका लागी जिल्ला कारागार पठाईएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरिक्षक नविनकृष्ण भण्डारीले बताउनुभयो ।

प्रतिकृया दिनुहोस