लम्बियो वालिङ महोत्सव फाल्गुन २ गतेसम्म चल्ने

 

वालिङ- स्याङ्जाको वालिङमा जारी सातौँ वालिङ महोत्सवको १२औँ दिन सोमबार समेत दर्शकको उत्साहमय सहभागिता रह्यो । “हाम्रो गौरव हाम्रो सान वालिङ महोत्सव हाम्रो पहिचान” भन्ने नाराका साथ यही १७ गतेबाट सञ्चालित महोत्सवमा सोमबारे समेत दर्शकको उत्साहमय सहभागिता देखिएको हो ।

सोमबार राष्ट्रिय लोकदोहोरी गायिका शान्तिश्री परियार, गायक राजु गुरुङ, जिवन दहाल, सुर्य नेपाली, राजन गुरुङले दर्शकलाई मनोरञ्जन प्रदान गर्नुभएको थियो भने आधुकि गायक भिम लिम्बु, आश्र कुवरँ व्याण्डको समेत प्रस्तुति रह्यो । महोत्सवको आर्कषण मानिएको आँधीखोलामा निर्मित कृत्रिम ताल, बाल उद्यानमा दर्शकको निकै भिड थियो भने विभिन्न घ¥यासी प्रयोजनका स्टलहरुमा किनमेलका लागी उत्तिकै भीड रहेको थियो । त्यस्तै युवालाई मध्यनजर गर्दै आयोजित वडा स्तरीय भलिबल प्रतियोगिता अवलोकनका लागी समेत उत्तिकै भीड रहेको थियो ।

आईतबार झण्डै २० हजार दर्शकले महोत्सवको अवलोकन गरेका छन् भने करोडको आर्थिक कारोबार भएको वालिङ उद्योग वाािणज्य संघका महासचिव एवं महोत्सव सचिवालय व्यवस्थापन, छपाई तथा प्रकाश उपसमिति संयोजक केशरबहादुर खांण ध्रुवले जानकारी दिनुभयो । गण्डकी प्रदेश स्तरीय औद्योगिक, कृषि, पर्यटन, सांस्कृतिक, सूचना प्रविधि एवं शैक्षिक प्रदर्शनी तथा व्यापार मेलाको रुपमा रहेको महोत्सवमा प्रत्येक दिन राष्ट्रिय कलाकारहरुको प्रस्तुतिका साथै विभिन्न ईभेन्टसहरु भईरहेका छन् । त्यस्तै विभिन्न आमा समहुले मौलिक सांस्कृतिक महत्व रहेको रत्यौली गित समेत प्रस्तुत गरेका छन् ।,
 

प्रतिकृया दिनुहोस