प्रथम स्याङ्जा आँधीखोला महोत्सव यही फाल्गनु १७ देखि

 

स्याङ्जा सदरमुकाम स्थित पुतलीबजार नगरपालिका १ मालेबगर खेल मैदानमा यही फाल्गुङ १७ देखि २६ गतेसम्म प्रथम स्याङ्जा आँधीखोला महोत्सव २०७५ हुने भएको छ । “कृषि पर्यटन, उद्योग र व्यवसाय विकास हाम्रो शान, प्रथम स्याङ्जा आँधीखोलाको अभियान” भन्ने मुल नाराका साथ स्याङ्जा चेम्बर अफ कमर्शले महोत्सवको आयोजना गरेको हो । सोमबार पुतलीबजार १४ सतौँ चण्डीमा पत्रकार सम्मेलन गर्दै महोत्सवको आयोजना गरिएको जानकारी दिईएको हो । जिल्लाकै धार्मिक तथा ऐतिहासिक महत्व रहेको स्थल सतौँ चण्डीको आर्शिवादसंगै महोत्सवको बारेमा जानकारी दिईएको थियो ।

श्रवण कुमार उहाँका अन्धाअन्धी बुवाआमाको ऐतिहासिक एवं धार्मिक पृष्ठभुमि, स्याङ्जाली सध्यता र साझा पहिचानको रुपमा रहेको आँधीखोलाको महत्वको जानकारी दिने र प्रचारप्रसार गर्ने उद्देश्यले महोत्सवको आयोजना गरिएको चेम्बरका अध्यक्ष एवं मुल समिति संयोजक नन्द कुमारी लम्सालले बताउनुभयो । अध्यक्ष तिवारीले भन्नुभयो,“महोत्सवमा व्यापारीक थलो मात्र नभई यहाँका स्थानीय उत्पादित वस्तुको प्रर्वद्धन तथा बजारीकरणमा टेवा पुग्ने वातावरण सृजना हुनेछ ।” यहाँका पर्यटकीय एवं धार्मिक स्थलहरुको प्रचारप्रसार गर्ने र यहाँका कृषि उपजलाई बजारीकरण गर्न महोत्सवको सहयोग गर्ने उहाँको भनाई छ ।

ग्रामिण प्रविधिको प्रयोग र उत्पादित वस्तुको बजार प्रर्बद्धन गर्ने, कृषि जन्य लघु, घरेलू तथा साना उद्योगहरु प्रर्वद्धन गर्नका लागी ज्ञान, सिप र प्रविधि हस्तान्तरणका लागी सहयोग गर्ने, कृषि उपजको बजार प्रर्वद्धनमा सघाउ पु¥याउने, प्रादेशिक रुपमा नयाँ प्रविधि तथा सिपको प्रदर्शनी तथा हस्तान्तरणमा सहयोग पु¥याउने, आन्तरिक तथा बाह्य पर्यटन प्रर्वद्धन गर्ने, साहित्य कला र संस्कृतिको प्रचारप्रसार, शिक्षा, स्वास्थ्य र पर्यटन क्षेत्रको विकास र अवसरको खोजी गर्ने महोत्सवको उद्देश्य रहेको छ । १० दिनसम्म चल्ने महोत्सवमा कृषि तथा पशुपंक्षी एवं जैविक विधिता प्रर्दशनी, खाना महोत्सव, शैक्षिक प्रदशनी, कविता प्रतियोगिता, सांस्कृतिक कार्यक्रम, स्थानीय निकायबीचमा सांस्कृतिक महत्व रहेको नौमती लोक बाजा प्रतियोगिता महोत्सवको आर्कषण रहेको छ ।

महोत्सवमा कृषि तथा पशुपंक्षी, दैनिक उपभोग्य एवं खाद्यान्न, कस्मेटिक, फेन्सी, अटोमोबाई, शैक्षिक, सूचना प्रविधि, हस्तकलालगायतका २ सय स्टलहरु रहनेछन् । ३ लाख दर्शकले अवलोकन गर्ने महोत्सवमा ७० लाख आम्दानी र ५० लाख खर्च गर्दै २० लाख बचन गर्ने आयोजकको लक्ष्या रहेको छ । नेपाल पर्यटन बोर्डले प्रर्वद्धन गरेको महोत्सवलाई पुतलीबजार नगरपालिका र गण्डकी प्रदेशले विषेश सहयोग गरेको छ ।

कार्यक्रममा संघिय सांसद नारायणप्रसाद मरासीनीले आँधीखोला महोत्सव धार्मिक तथा ऐतिहासिक पक्षसंग जोडिएको भन्दै यसमा कुनै पुर्वाग्रह नराखी महोत्सव सफलतापुर्वक सम्पन्न गर्नका लागी सबै सकरात्मक सोँचका साथ अगाडि बढ्नुपर्ने बताउनुभयो ।  कार्यक्रममा जिल्ला समन्वय समिति प्रमुख सिता सुन्दास, पुतलीबजार नगरप्रमुख सिमाकुमारी क्षेत्रि, वडा अध्यक्षद्धोय अमृत श्रेष्ठ, शेषराज ढकाल, नेकपाका पृथ्वी पोखरेल, पत्रकार महासंघका अध्यक्ष ओमप्रकाश शर्मा, रेडियो स्याङ्जाका प्रबन्धक रमेश गोदारलगायतले महोत्सवलाई सफल पार्न सबै आ–आफ्नो ठाउँबाट प्रतिवद्ध रहेको बताउनुभयो । चेम्बरका वरिष्ठ उपाध्यक्ष श्री गुरुङको स्वागत र महासचिव लोकराज रेग्मीको सञ्चालनमा सम्पन्न भएको थियो ।

प्रतिकृया दिनुहोस