पर्वतका सामूदायिक बनमा जडिबुटी खेती

 

पर्वतका सामूदायिक बनमा पहिलो पटक व्यवसायिक जडिबुटी खेती गरिने भएको छ । डिभिजन बन कार्यालयले जिल्लाका एक दर्जन सामूदायिक बनमा जडिबुटी खेती गर्ने योजना बनाएको हो ।

जडिबुटि बनमा खेर गैरहेको बेला बन कार्यालयले व्यवसायिक खेती गर्ने योजना बनाएपछि बनका उपभोक्ता हौसिएका छन् ।

डिभिजन बन कार्यालयका प्रमुख दधिलाल कँडेलले कार्यालयले ५० हजार प्रजातीका जडिबुटीको व्यवसायिक खेती गर्ने योजना कार्यालयले बनाएको जानकारी दिनुभयो । कँडेलका अनुसार लोठसल्ला, सतुवा, हर्रोबर्रो, सुठो, पिपला, अमला, टिमूर लगायतका जडिबुटीको व्यवसायिक खेती गर्ने कार्यक्रम रहेको छ ।

कार्यालय अहिले संभावना हेरेर सामूदायिक बन छनौट गर्ने क्रममा रहेको कँडेलले बताउनुभयो । जिल्लाका उच्च पहाडी क्षेत्रमा जडीबुटीको राम्रो सम्भावना छ ।

अहिले पनि हम्पाल, पञ्चासे, हलहले, चिसापानी, डहरेदेउराली, गोल्र्याङ, पैयुँकोट लगायतका बनमा जडिबुटि प्राकृतिक रुपमा उम्रिएर पनि प्रयोग भैरहेको छैन् ।

बनमा लाखौँका जडिबुटी खेर गैरहेको स्थानीयले गुनासो गर्दै आईरहेका छन् । बनमा खेर गैरहेको जडिबुटि संरक्षण गर्ने र खाली रहेको जमिनमा अरु जडिबुटीका प्रजाती रोपण गरिने डिभिजन बन कार्यालयका सूचना अधिकारी माधुरी खड्काले बताउनुभयो ।

जिल्लाका ६१ वडामा जडीबुटीको खेती गर्न सकिने भए पनि ती स्थानलाई मुख्य क्षेत्रकै रूपमा उक्त खेती विस्तार गर्ने गरी कार्यक्रम शुरु गरिएको खड्काले बताउनुभयो । जडीबुटी उत्पादन, खेती विस्तार, भण्डारण, प्रशोधन र बजारीकरणका लागि सहकारी, सामुदायिक संघसंस्था, सामुदायिक वनलगायतसँग प्रस्ताव समेत गरिएको छ ।

जडीबुटी सङ्कलन गरी प्रशोधनका लागि प्रत्येक क्षेत्रमा १५ रुपैयाँ लाखसम्मको लागतमा प्रशोधन केन्द्र सञ्चालन गर्न लागिएको वन डिभिजन कार्यालयले जनाएको छ । 
 

प्रतिकृया दिनुहोस