समाचार

दशैंमा अष्ट्रिच मिट किन खाने ?

 
मासुमा प्रोटिन, भिटामिनहरु त्था अन्य विभिन्न स्वास्थयबर्द्घक तत्वहरु पाइन्छ । यी तत्वहरुले मानिसलाई स्वस्थ रहन र रोगसंग लड्ने क्षमता अभिवृद्घ गर्नका लागि सहयोग गर्दछन् । त्यसैले मासु सेवन गर्नका लागि चिकित्सकहरुले पनि सल्लाह दिन्छन् ।
अहिले विश्व भरी नै खानपान र जीवनशैलीमा आएको परिवर्तनसंगै मानिसहरुलाई बिभिन्न रोगहरुले आक्रमण गर्न थालेका छन् । र, यो क्रमवृद्घ हुँदै गएको पाइएको छ । अर्कोतिर, हामीले खाने खानामा पर्याप्त मात्रामा पौष्टिक तत्व नभएकाकारणले पनि हामी रोगको शिकार हुन पुग्छौं ।
 
रेड मिटबारे
 
कोलेष्ट्रोल, ट्राइग्लिस्राइड आदि बढे पछि चिकित्सकहरुले रातो मासु   ९बफ, मटन, पोर्क आदि० नखान सल्लाह दिन्छन् । तर, धेरै मानिसहरुलाई रेडमिटको स्वाद नलिएसम्म मासु खाए जस्तो अनुभव नै हुँदैन ।
 
त्यसैले चिकित्सकहरुले नखान सल्लाह दिँदादिँदै पनि कतिले अनियन्त्रित रुपमा रातो मासु खाइदिन्छन् । अनी कोलेष्ट्रोल, ट्राइग्लिस्राइड र यूरिक एसिड आदिको समस्याबाट गुज्रिन्छन् र कहिले काँही ज्यानलाई नै जोखिममा पार्दछन् ।
 
उचित मूल्य र फाइदा पनि
 
अष्ट्रिच मिटलाई रेड मिट मानिन्छ ।  तर यसमा अन्य रेड मिटले गर्ने बेफाइदा छैनन् । बरु, यसका थुप्रै फाइदाहरु छन् ।
 
अहिले नेपालमै व्यवसायिकरुपमा अष्ट्रिच पालन सुरु भइसकेको छ । र, अष्ट्रिच मिट नेपाली बजारमा उपलब्ध हुन थालिपनि सकेको छ । मूल्य पनि हाललाई झण्डै खशीको मासुकै वरिपरि हुने गरी कायम गरिएको छ । त्यसैले यो महंगो पनि छैन ।
 
अष्ट्रिच मिटमा के पाइन्छ ?
 
अष्ट्रिच मिटमा ओमेगा ३, ६ र ९ पाइन्छ । त्यस्तै गरी, प्रोटिन, म्याग्नेसियम, भिटामिन ई तथाअन्य भिटामिनहरु, सिलेनियम, आइरन, फस्फोरस, पोटासियम आदिपनिपाइन्छ । यी तत्वहरुबाट हुने फाइदाहरुका बारेमा यहाँ चर्चा गरिएको छ ।
 
ओमेगाः अष्ट्रिच मिटमा पाइने ओमेगा ३ ले कोलेष्ट्रोललाई सन्तुलित गर्न सहयोग पुर्‍याउँछ । जसले गर्दा मुटु स्वस्थ रहन्छ । र, हार्ट अट्याक, स्ट्रोक आदिबाट हुने जोखिम न्यूनिकरण गर्छ । यसमा पाइने ओमेगाले पाचनप्रणालीमा गडबडि, अस्थमा, डाइबिटिज, अर्थराइटिस, ओस्टियोपारोसिस लगायत रोगसंँग लड्ने क्षमतामा पनि अभिवृद्घ गर्छ । तर, अन्य रेममिट सेवनगर्दा भने खराब कोलेष्ट्रेल ९एलडिएल० बृद्घ हुने सम्भावना अत्याधिक हुन्छ ।
 
त्यस्तैगरी यसमा पाइने ओमेगा ६ ले दिमाग लाई तन्दुरुस्त राख्न सहयोग पुर्‍याउनुका अतिरिक्त अटिजम, छारेरोग आदि लाग्नबाट बचाउँछ ।
 
भिटामिनः अष्ट्रिच मिटमा भिटामिन ईर अन्य भिटामिनहरु जस्तै बी १, बी २, बी ५ आदि पाइन्छ । भिटामिन ई ले आँखा, छाला र कपाललाई रोग लाग्नबाट बचाउँछ ।
 
त्यस्तैगरी महिनावारी सम्बन्धी गडबडीलाई कम गर्न, दूषित हावाबाट पर्ने प्रभाव कम गर्न, नशा सम्बन्धि र डाइबिटिज जस्ता रोगबाट हुने जोखिम कम गर्न पनि मद्दत गर्छ ।
 
म्याग्नेसियमःम्याग्नेसियमले शक्ति प्रदान गर्दछ । महिनावारीको समयमाहुने दुखाइ लाई कम गर्छ । तनाव कम गर्नका लागि पनि सहयोग पुर्‍याउँछ ।
 
प्रोटिनः यसमा पाइने प्रोटिनले मांसपेशीलाई बलियो बनाउन, ब्लडसुगर सन्तुलित गर्न, हड्डी बलियो बनाउन, मुड फ्रेस राख्नलाई मद्दत पुर्‍याउँछ ।
 
आइरनःआइरनले शरीरमा अक्सिन पुर्याउन, तापक्रम सन्तुलित गर्न, एनिमिया जस्ता रोगबाट बचाउन रमांशपेशीलाई बलियो बनाउन सहयोग पुर्‍याउँछ ।
 
पोटासियमः पोटासियम शरिरको प्रत्येक कोषलाई आवश्यक पर्छ । अष्ट्रिच मिटमा पाइने पोटासियमले उच्च रक्तचाप नियन्त्रण गर्न, मिर्गौंलामा बन्न सक्ने पत्थरीको जोखिमलाई न्युनिकरण गर्न र हड्डीलाई बलियो बनाउन सहयोग पुर्‍याउँछ ।
 
सिलेनियमः सिलेनियम शरीरलाई अत्यावश्यक पर्ने मिनरल हो । यस्ले क्यानसर जस्ता रोगसंग लड्ने क्षमतामा बृद्घ गर्दछ । थायराइड नियमित र सन्तुलित गर्न पनि सहयोग पुर्‍याउँछ ।
फस्फोरसः फस्फोरस शरीरलाई नभइनहुने मिनरल हो । अष्ट्रिच मिटमा पाइने फस्फोरसले शरिरमा रहेको खरावपदार्थ (टक्सिन० बाहिर पठाउन, दाँत, हड्डी आदिलाई बलियो राख्न र शरीरलाई स्वस्थ राख्न मद्दत गर्दछ ।
 
स्वाद पनि
 
आजकल कतिपय योगा गुरुहरुले मासु नखाएकै राम्रो भन्छन् । तर, मासु खाने मानिसका लागि अष्ट्रिच मिट फाइदै फाइदा भएको मासु हो । राम्रोसँग पकाउन जान्यो भने यस्को स्वाद पनि अत्यन्तै मिठो हुन्छ । यो महंगो पनि छैन ।
 
अष्ट्रिच मिटमाका विभिन्न परिकार जस्तै अष्ट्रिच सेकुवा, अष्ट्रिच ग्रेभी, अष्ट्रिच तावा, अष्ट्रिच किमा, अष्ट्रिच फ्राई, अष्ट्रिच चिल्ली, अष्ट्रिच सुप, अष्ट्रिच मःम आदि विभिन्न परिकार बनाएर खान सकिन्छ ।
 
नेपाल मै उत्पादित अष्ट्रिच मिट खाऔं र स्वस्थ बनौं । मासुको आयात कम गर्ने अभियानमा सहयोगी बनौं । नेपाली उत्पादनलाई बढावा दिऔं । यस पटकको दशैं अष्ट्रिच मिट खाएर मनाऔं ।
 
लेखक नेपालमा अष्ट्रिचपालन उद्यम सुरु गर्ने अष्ट्रिच नेपाल प्रालिका अध्यक्ष हुन्
View All

कर्मचारीको परिचय

  • K, P. Khanal

    K, P. Khanal
    Station Manager

  • Rituraj Mohan

    Rituraj Mohan
    Program Coordinator

  • Raju Aryal

    Raju Aryal
    Technician , Reporter

  • Narayan BK

    Narayan BK
    Marketing/Technician Chief

View All

कार्यक्रम तलिका

ON AIR

नेपाली चलचित्रका गीतहरु

UP NEXT

लोक सुसेली

सामाजिक सन्जाल

View All

फोटो ग्यालेरी