समाचार

नेपालमा किन हराउँछन् विदेशी पर्यटक ?

मङसिर ५,स्याङजा  । पहिल्लो समय यसै वर्षको अक्टोवर १६ तारिखबाट इजरायली नागरिक अमित मोस्चे रिइचम्यान कास्कीको मर्दी हिमाल आधार शिविरबाट व्यपत्ता भएका छन् र उनको खोजी व्यापकरूपमा भइरहे पनि केहि पत्ता लाग्न सकेको छैन ।
गत जुलाई महिनाको २१ तारिखमा नेपालबाट फर्कनु पर्ने  आफन्त उनको फ्लाइटमा नभेटिएपछि रोमानियन नागरिक एडिना मोनिका पोपेस्क्युका परिवारले नेपालमा सम्पर्क गरेर र उनी सम्पर्कविहीन भएको जानकारी गरे । उनी जुलाई महिनाकै ११ तारिखमा नेपाल प्रवेश गरेकी र जुलाई १२ तारिखका दिन अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाको कार्यलयबाट पदयात्रा प्रवेश अनुमतिपत्र लिएको बुझियो ।
 
उनको पदयात्रा तालिका अनुसार जुलाईको १७ मा पदयात्राबाट फर्कने रहेको उल्लेख भएअनुसार उनि अन्नपूर्ण संरक्षण आयोजनाको चेक पोष्टको अभिलेखमा प्रवेश गरेको तर फिर्ता नभएको आधारमा खोजी गरियो । उनलाई खोज्न उनका आफन्त पनि नेपाल आए र अन्ततः उनी घान्दुकको सुइखोलामा बगेर मृत्यु भइसकेको अवस्थामा जुलाई २४ तरिखका दिन फेला परिन् ।
 
सन् २०१३ को नोभेम्बर महिनाको पहिलो सातामा अष्ट्रेलियन नागरिक म्याक्यु अल्पेस कास्कीको सिक्लेसबाट बेपत्ता भए । उनको परिवारको उपस्थितिमा हजारौ डलर खर्चेर उनको खोजि गरियो र केही महिनापछि सिक्लेसबाट मनाङ जाने बाटाको जङ्गलको अलि अफ्ट्यारो ठाउँमा उनको क्यामरा, झोला तथा आडैमा मानव हाडका केही अवशेष मात्र फेला परे र यसैको आधारमा उनि मरिसकेको अनुमानका साथ परिवार फिर्ता भए, तर उनि कसरी मारिए या मरे यो रहस्यमै रह्यो ।
 
चबmअजबलमचब(बमजबपबचष्रामचन्द्र अधिकारी
सन् २०१४ को अक्टोबर १४ का दिन भारतको हिन्द महासागरमा आएको हुद्हुद् आँधीको प्रभावले नेपालको उच्च हिमाली भेगमा ठूलो हिमपात प¥यो । पदयात्राको अति नै व्यस्त समय भएकोले अन्नपूर्ण, धवलागिरी, सगरमाथा लगाएतका क्षेत्रमा धेरै विदेशी तथा नेपाली पर्यटक र पर्यटन मजदुरहरूले ज्यान गुमाउन पुगे ।
 
सन् २०१५ कै अप्रिलमा साथीहरूको समूहमा नेपाल आएका मलेसियन नागरिक डेनिज लि कास्की र म्याग्दीको सीमाना खोप्रा डाँडाबाट हिँड्दा हिँड्दै बेपत्ता भए र हालसम्म पनि उनको कुनै पत्ता लाग्न नसकेको अवस्था छ ।
 
सन् २०१५ को अप्रिल २५ मा आएको महाभूकम्पमा पनि लाङटाङ, सगरमाथा लगायतका उच्च पर्यटकीय गन्तव्य तथा भूकम्पको उच्च प्रभावित विभिन्न जिल्लामा गरेर धेरै पर्यटक हताहत भए ।
 
सन् २०१५ कै अगष्टमा भूकम्प पीडितको सहयोगका लागि नेपाल अएकी ईजिप्ट्सीयन मूलकी अमेरिकी नागरिक डालिया यहिला केहि दिन गोरखा जिल्लामा गएर पोखरा आइन् । २० अगष्टमा उनको भिषा सकिने भए पनि उनि कतै सम्पर्कमा नआएपछि  परिवारकै आग्रहमा उनको खोज सुरू भयो । उनको मोबाइलको ट्रयागिङ्को आधारमा खोजी भयो । लामो समयको अनुसन्धानपछि उनी उनकै नेपाली साथी कास्की धितालका नारायण गौतमबाट हत्या गरिएर बेपत्ता भएको पत्ता लाग्यो ।
 
यी त केही नेपालमा पर्यटक हराएका प्रतिनिधि उदाहरण मात्रै हुन् । नेपाल सरकार संस्कृति पर्यटन तथा नगरिक उड्यन मन्त्रालयसँग सन् २०१५ मा मात्र नेपालमा ४ सय २२ पर्यटकको विविध कारणले वेपत्ता तथा मुत्यु भएको तथ्याङ्क छ ।
 
सन् २०१५ को अप्रिल २५ तरिखका दिन आएको विनाशकारी महाभूकम्पमा मात्र २ सय बढी विदेशी पर्यटकले ज्यान गुमाउनु प¥यो । मन्त्रालयकै तथ्याङ्क अनुसार नेपालमा वर्षेनी ६ सय बढी पर्यटकले विविध हैरानी तथा दुःख झेल्नुपर्ने गरेको छ ।
 
थोमस कुकदेखि अहिलेसम्म
 
विश्व पर्यटनका पिता थोमस कुकले पर्यटन व्यापारका रूपमा १८ औं शताब्दीतिरैबाटै विकास गरेको भए पनि तत्कालीन समयमा नेपालमा विदेशी पर्यटकलाई प्रवेश निषेध थियो । सन् १८७७ मा राजा गोर्ज भि र राजकुमार वालेस लाई नेपालमा शिकार खेल्न डाकिएको थियो ।
 
सन् १९५१ अर्थात् वि।स। २००७ सालमा नेपालमा प्रजातन्त्र आए पछिमात्र नेपाल विदेशि पर्यटकहरूका लागि औपचारिक रूपमा खुल्ला भएको थियो, यद्यपि सन् १९५० मै फान्सका २ जाना आरोहिले कास्कीमा अवस्थित अन्नपूर्ण प्रथमको सफल आरोहण गरे पछि नेपालमा विस्तारै ट्राभल्स तथा होटलहरूको स्थापना हुन थालेको थियो साथै पदयात्राका मार्गहरू पनि पहिचान तथा खुल्ला गरिएको थियो ।
 
सन् १९५३ मा विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण पछि भने नेपालमा व्यवसायिक पर्यटनको सुरूवात भएको छ । व्यवसायिक पर्यटन सुरू भएको ७५ वर्षको अनुभव अव नेपालले सङ्गालिसकेको छ भने अर्थतन्त्रको मुख्य पाटो पनि पर्यटन भएको छ ।
 
तर, यस्तो महत्वपूर्ण व्यवसाय भएर पनि हरेक वर्ष नेपाल आउने पर्यटक किन वेपत्ता तथा हताहत हुन्छन् त रु यो प्रश्न नेपाल सरकारका लागि मुख्य समस्या तथा पर्यटन पेशा व्यवसायसँग सरोकारवालाहरूका लागि चुनौतिका रूपमा रहेको छ ।
 
किन हराउँछन् त पर्यटक रु 
 
हिमाल आरोहण, प्राकृतिक प्रकोप तथा सडक र हवाई दुर्घटना बाहेक पर्यटक वेपत्ता हुनुमा एकल यात्रा नै हो भन्ने धेरैको ठम्याइ छ । एकल यात्राका क्रममा कतिपय पर्यटक बाटो बिराएर वा कुनै खराब मान्छेहरूको फेला परेर वा पहाडबाट चिप्लेर लडेर, जङ्गली जनवारको आक्रमणका कारणबाट मर्ने वा वेपत्ता हुने गर्दछन् ।
 
त्यगचष्कत(ष्ल(लभउबउिदाहरणकै क्रममा माथि उल्लेख गरिएका इजरायली नागरिक अमित मोस्चे रिइचम्यान, रोमानीयन नागरिक एडिना मोनिका पोपेस्क्यु, अष्ट्रेलियन नागरिक म्याक्यु अल्पेस एकल यात्राका क्रममा हराएका उदाहरण हुन् । डालीया यहिला भने खराब व्यक्तिको सङ्गतले गर्दा बेपत्ता भएकी थिइन् ।
 
त्यस्तै सन् २०१४ को अक्टोवरमा हिमपातका कारण हराएका वा वेपत्ता भएका पर्यटकहरू पनि अधिकांश एकल यात्री भएकाले खोजी तथा उद्धारमा  कठिनाइ भएको थियो ।
 
एकल यात्राको जोखिम
 
पदयात्रा तथा भ्रमण गराउने एजेन्सीहरूले चर्को शुल्क लिने भन्ने भ्रम तथा गलत सूचनाको आडमा पर्यटकहरू एकल यात्रा मन पराउँछन् । एजेन्सी तथा गाइडहरूलाई तिर्ने पैसाले आफ्नो भ्रमण अवधि लम्ब्याउने सोचका कारण पनि पर्यटक एकल यात्रा मन पराउँछन् ।
 
यसो त हामीभित्रकै कतिपय विकृति तथा समस्याहरू पनि पर्यटकहरू हराउनु वा वेपत्ता हुनुमा सहायोगी बनिरहेका छन्, जस्तो–
 
१। व्यवसायिक मर्यादाः सरकारले पर्यटकका मुख्य गन्तव्यहरूमा निशुल्क सूचना केन्द्र नराख्नाले पनि यो समस्या आएको हो । भएका सूचना केन्द्रहरूमा पनि सही र चित्तबुझ्दो सूचना दिन सक्ने दक्ष जनशक्ति नहुनु वा राजनीतिक नियुक्ति गरेर आ–आफ्ना कार्यकर्ता भर्ती गर्ने नेपालको अत्यन्तै घीनलाग्दो राजनीतिक परिपाटीले पनि यस्तो हुन आउँछ ।
 
आफु कुन प्रकृतिको व्यवसायी हो र कस्तो सेवा दिने हो भन्ने भन्दा पनि पर्यटक भेटेपछि उसलाई विभिन्न जालमा पारेर कसरी लुट्ने हो भन्नेतिर व्यवसायीहरु लागिपरेका देखिन्छन् । उदाहरणका लागि होटल भनेर दर्ता तथा सञ्चालन गरिएको भवनको पहिले ढोकामै ‘हाम्रा सेवाहरू’ भनेर नेपालमा पर्यटकले गर्न मिल्ने सबै खालका क्रियाकलपहरू लेखेर टाँस्ने परिपाटीले पनि यो व्यवसायकै मर्यादामाथि खिल्ली उडाइरहेको देखिन्छ ।
 
एयरपोर्टबाट होटलसम्म सेवा दिँदै गर्दा एउटा ट्याक्सी चालकले पर्यटकसँग तेरो नेपालमा केके गतिविधि छ, म अरूको भन्दा सस्तोमा सेवा दिन्छु भन्दै भड्काउने र उस्तै पर्‍यो भने उसका हरेक बुकिङ नै रद्द गर्न समेत बाध्य तुल्याउनेसम्मको गतिविधि मौलाइरहेको पाइन्छ । तर, यस्ता कृयाकलाप रोक्ने राज्यसँग खै निकाय वा पोलिसी रु
 
यहाँ व्यवसायीले कति पैसा कुम्ल्यायो भन्ने प्रश्न हुँदाहुँदै पनि त्यो होटल सम्बन्धी ज्ञान भएको मान्छेले कसरी अन्य सूचना पर्यटकसँग प्रवाह गरिरहेकोछ त भन्ने प्रश्न पनि छ ।
View All

कर्मचारीको परिचय

  • K, P. Khanal

    K, P. Khanal
    Station Manager

  • Rituraj Mohan

    Rituraj Mohan
    Program Coordinator

  • Raju Aryal

    Raju Aryal
    Technician , Reporter

  • Narayan BK

    Narayan BK
    Marketing/Technician Chief

View All

कार्यक्रम तलिका

ON AIR

नेपाली चलचित्रका गीतहरु

UP NEXT

लोक सुसेली

सामाजिक सन्जाल

View All

फोटो ग्यालेरी