समाचार

सैन्य वार्ताकालागी दुई कोरीया तयार ।

पुस २६ स्याङजा । उत्तर कोरिया र दक्षिण कोरियाका सेना सीमा क्षेत्रमा रहेको तनाव अन्त्य गर्नका लागि छलफल गर्न तयार भएका छन् । दुई कोरियाबिच मंगलबार बिहान पछिल्लो दुई वर्षमा पहिलो पटक उच्चस्तरीय वार्ता भएपछि दुई कोरियाका सेना सीमा क्षेत्रमा रहेको तनाव अन्त्यका लागि वार्तामा बस्न तयार भएका हुन् ।
उच्चस्तरीय वार्तामा उत्तर कोरियाले आउँदो फेब्रुअरीमा दक्षिण कोरियाको सिओलमा हुने विन्टर ओलम्पिकमा आफ्ना खेलाडीसहितको टोली पठाउन सहमत भएको थियो । दुई कोरियाका अधिकारीबिच दुई वर्षअघि बन्द गरिएको सैन्य हटलाई फेरि सुरु गर्ने सहमति पनि भएको दक्षिण कोरिया सरकारले जनाएको छ ।
तर उत्तर कोरियाका अधिकारी भने परमाणु रहित बन्ने वा सीमा क्षेत्रलाई परमाणु हतियार मुक्त बनाउने कुरामा भने सकारात्मक देखिएको छैन । संयुक्त राष्ट्रसंघले दुई कोरियाबिच भएको छलफलको स्वागत गरेको छ । यस्तै अमेरिकी विदेश मन्त्रालयका अधिकारी भने दक्षिण कोरियाका अधिकारीसँग विन्टर ओलम्पिकमा उत्तर कोरियाका खेलाडीको सहभागिताले उसमाथि लाग्दै आएको प्रतिबन्ध उल्लंघन हुने नहुने विषयमा परामर्शमा छ । 
View All

कर्मचारीको परिचय

  • K, P. Khanal

    K, P. Khanal
    Station Manager

  • Rituraj Mohan

    Rituraj Mohan
    Program Coordinator

  • Raju Aryal

    Raju Aryal
    Technician , Reporter

  • Narayan BK

    Narayan BK
    Marketing/Technician Chief

View All

कार्यक्रम तलिका

ON AIR

लोक सुसेली

UP NEXT

नेपाली गजल

सामाजिक सन्जाल

View All

फोटो ग्यालेरी