समाचार

अमेरिकासँग युद्ध हुनसक्ने रुसको चेतावनी

चैत्र ३०, स्याङजा । रुसले सिरियाको अवस्थालाई लिएर अमेरिकासँग युद्ध हुनसक्ने चेतावनी दिएको छ  । सिरियामा रसायनिक ग्यास आक्रमणको विषयमा दुई देशबीच कटूता बढ्दै गएका बेला दुबैतर्फबाट आक्रमण गर्ने चेतावनी आइरहेका छन् । 
पछिल्लो पटक संयुक्त राष्ट्रसंघका लागि रुसी राजदूत बेसिली नेभेन्जियाले अमेरिकाले सिरियामा आक्रमण गरेमा अमेरिका र रुसीबीच युद्धको वातावरण बन्ने बताउनु भएको हो । 
युद्धको सम्भावनालाई नकार्न नसकिने उहाँको भनाइ छ । उहाँले अमेरिका र उसका सहयोगी राष्ट्रले आफ्नो आक्रामक नीतिका कारण अन्तराट्रिय शान्तिलाई खतरामा पारेको आरोप पनि लगाउनुभयो । 
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रो र ब्रिटेनका प्रधानमन्त्री टेरीजा मेसँग सम्पर्क गर्न सक्ने र विद्रोही नियन्त्रित सिरियाको क्षेत्रमा भएको रसायनिक आक्रमणको जवाफ कसरी दिने भन्नेमा छलफल गर्न सक्ने जनाइएको छ । ह्वाइट हाउसले अहिले नै सैन्य कारवाहीबारे कुनै निर्णय नगरे पनि सबै विकल्प खुला रहेको र कुनै पनि समय उचित निर्णय लिइने जनाएको खबर अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले लेखेका छन् । 
 
View All

कर्मचारीको परिचय

  • K, P. Khanal

    K, P. Khanal
    Station Manager

  • Rituraj Mohan

    Rituraj Mohan
    Program Coordinator

  • Raju Aryal

    Raju Aryal
    Technician , Reporter

  • Narayan BK

    Narayan BK
    Marketing/Technician Chief

View All

कार्यक्रम तलिका

ON AIR

नेपाली गजल

UP NEXT

नेपाल समाचार

सामाजिक सन्जाल

View All

फोटो ग्यालेरी