समाचार

राजपामा असन्तुष्टि ।

चैत्र ८, स्याङजा । राष्ट्रिय जनता पार्टी नेपाल भित्र असन्तुष्टि देखिएको छ । पार्टी स्थापना भएको एक बर्षमा राजपा भित्रको असन्तुष्टि बढ्दै गएको छ । 
नेताहरुले संविधान संसोधनको लागि भूमिका नखेलेको आरोप लगाउँदै  राजपा नेपालका उपाध्यक्ष अशोक कुमार यादवको नेतृत्वमा पदाधिकारी र केन्द्रिय सदस्यहरु राजपाबाट अलग्गिएर राष्ट्रिय जनता पार्टी (लोकतान्त्रिक) घोषणा गरेका छन् । हिजो काठमाण्डौमा पत्रकार सम्मेलन गर्दै उनीहरुले राजपा (लोकतान्त्रिक) नामक नयाँ पार्टी घोषणा गरेका हुन् । 
पार्टीको महाधिवेशन नहुन्जेल सम्मको लागि ११ सदस्यीय तदर्थ समिति समेत गठन भएको उनीहरुले जानकारी गराएका छन् । तदर्थ समितिको संयोजकमा अशोक कुमार यादव, सह–संयोजकमा रीतेश कुमार सिंह, कोषाध्यक्षमा मधुमाया यादव, महासचिवमा सुवासचन्द्र बिराजी, महासचिवमा जीवन साह लगाएत रहेका छन् । तर अध्यक्ष मण्डलका सदस्यहरुले भने यसबाट पार्टीलाई कुनै पनि किसिमको फरक नपर्ने दाबी गरेका छन् । 
अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले संविधान संसोधन र पार्टीको कार्यदिशाका बारेमा पार्टीभित्र कुनै मतभेद नरहेको बताउँदै नामै नसुनेका केही नेताले पार्टी छोड्दैमा असर नपर्ने बताउनुभयो । संविधान संसोधन सहितको आफ्नो माग पूरा नहुँदासम्म सरकारमा नजाने पनि उहाँले बताउनुभयो । 
 
View All

कर्मचारीको परिचय

  • K, P. Khanal

    K, P. Khanal
    Station Manager

  • Rituraj Mohan

    Rituraj Mohan
    Program Coordinator

  • Raju Aryal

    Raju Aryal
    Technician , Reporter

  • Narayan BK

    Narayan BK
    Marketing/Technician Chief

View All

कार्यक्रम तलिका

ON AIR

लोक सुसेली

UP NEXT

नेपाली गजल

सामाजिक सन्जाल

View All

फोटो ग्यालेरी