समाचार

जवर्जस्ती करणीसम्बन्धी सचेतना कार्यक्रम गल्याङमा ।

वैशाख २९, स्याङजा । स्याङ्जाको गल्याङमा जवर्जस्ती करणीसम्बन्धी सचेतना मूलक कार्यक्रम सम्पन्न भएको छ । 
जिल्ला प्रहरी कार्यलय स्याङ्जाको आयोजनामा जवर र्जस्ती करणी अपराध अनुसन्धान तथा नियन्त्रण अभियान अन्तर्गत स्याङ्जाको गल्याङबजारमा कार्यक्रमको आयोजना गरिएको हो ।
कार्यक्रममा जिल्ला प्रहरी कार्यलय स्याङ्जाको तर्फबाट प्रहरी सहायक निरिक्षक सइ जनक रेग्मीले जवर्जस्ती करणी हुने अवस्था र रोकथामको उपायका बारेमा जानकारी गराउनुभएको थियो । 
उहाँले ललाइ फकाई, प्रलोभन, जालझेल, डर धम्की लगायतका कारणबाट जवर्जस्ती करणी हुने गरेको जानकारी दिनुभयो । 
धेरैजसो, एकान्त ठाउँ, होटल रेष्टुरेन्ट, पिडितको घर र पिडकको घरमा यस्ता घटना हुने गरेको जानकारी दिदै उहाँले यस्ता ठाउँमा रहँदा सचेत हुनुपर्ने बताउनुभयो । 
रेग्मीले मदिरा लागुपदार्थ सेवन लगायतले पनि जवर्जस्ती करणीका घटना हुने गरेको भन्दै यस्ता कुराहरुबाट सचेत हुनुपर्नेमा जोड दिनुभयो । 
जवर्जस्ती करणीका घटनाका दोशीलाई मिनाहा नदिने कानुनी व्यवस्था रहेको भन्दै उहाँले सर्वस्व सहित जन्मकैदको व्यवस्था रहेको पनि जानकारी दिनुभयो । 
हाडनाता करणीमा अझै बढि सजायको व्यवस्था रहेकोबारे उहाँले प्रष्ट पार्नुभयो । 
सई रेग्मीले जवर्जस्ती करणीमा घटनाका पिडितलाई नै दोश दिने चलन रहेको भन्दै पिडितको अवस्था गोप्य राख्नुपर्ने र सान्त्वना दिनुपर्ने बताउनुभयो । 
कार्यक्रमको अध्यक्षता गर्नुभएका गल्याङ नगरपालिका वडा नम्बर तीनका अध्यक्ष महेश भट्टराईले किशोर अवस्था धेरै कुरा सिक्नुपर्ने भन्दै यस्ता कार्यक्रम अझै ल्याउनुपर्नेमा जोड दिनुभयो । 
विकास गर्न समस्या नभएको भन्दै उहाँले विकासलाई दिगो बनाउन पहिले लागुपदार्थ दुव्र्यसनी लगायतका विकृतिहरुको अन्त्य हुनुपर्ने बताउनुभयो ।
अध्यक्ष भट्टराईले आगामी जेठ चार गते लागुपदार्थ दुव्र्यसनी सम्बन्धी वडाका तर्फबाट सचेतना कार्यक्रम राखिएको जानकारी दिनुभयो ।
गल्याङबजार व्यवस्थापन समितिका अध्यक्ष जनक कुमार श्रेष्ठले यस्ता सचेतना मूलक कार्यक्रम विद्यालयमा बढि केन्द्रीत गर्न सुझाब दिनुभयो । 
कार्यक्रममा गल्याङ उद्योग वाणिज्य संघका अध्यक्ष लेखनाथ भट्टराई, गल्याङ नगरपालिका वडा नम्बर ११ का वडा अध्यक्ष शंकरदेब अधिकारी लगायत गल्याङबजारका विभिन्न संघ संस्थाका प्रतिनिधिहरुको उपस्थिति थियो । 
यस्तै, भानुभक्त आचार्य मावि, आदर्श आवासीय मावि, चिराग आवासीय माव, भूपू सैनिक माविबाट केही विद्यार्थी र शिक्षकहरुको पनि सहभागिता रहेको थियो । 
‘अपराध, विकृति विसंगति रहित समाजको निर्माण, शान्ति सुरक्षा हाम्रो अभियान’ भन्ने अभियानका साथ नेपाल प्रहरीले यो अभियान सञ्चालन गरिरहेको छ । 
 
View All

कर्मचारीको परिचय

  • K, P. Khanal

    K, P. Khanal
    Station Manager

  • Rituraj Mohan

    Rituraj Mohan
    Program Coordinator

  • Raju Aryal

    Raju Aryal
    Technician , Reporter

  • Narayan BK

    Narayan BK
    Marketing/Technician Chief

View All

कार्यक्रम तलिका

ON AIR

नेपाली चलचित्रका गीतहरु

UP NEXT

लोक सुसेली

सामाजिक सन्जाल

View All

फोटो ग्यालेरी