समाचार

नरोदय माध्यमिक विद्यालय पिडिखोलामा एसइई उत्तिर्ण विद्यार्थीहरुलाई सम्मान

गल्याङ,
२३ असार 
नेपाल विद्यार्थी संघ नरोदय माध्यमिक विद्यालय इकाई समिति पिडिखोला –६ गल्याङ नगरपालिका स्याङजाले एसइई उत्तिर्ण विद्यार्थीहरुलाई सम्मान गरेको छ । 
एसइई पछिको अध्ययनमा थप प्रोत्साहन गर्ने उद्देश्यले नेविसंघ ईकाइ समितिले ५० जना एसइई विद्यार्थीहरुलाई सम्मान गरेको छ ।
विद्यार्थीहरुलाई सम्मान गर्दै नेपाल शिक्षक संघका क्षेत्र नम्बर २ का क्षेत्रिय अध्यक्ष तथा युवा नेता डण्डपाणी पंगेनीले विद्यार्थी बास्तवमै देशको संवाहक, देशको मेरुदण्ड भएकाले उनीहरुलाई एक असल, राष्ट्रप्रति बफादार नागरिकको रुपमा स्थापित गर्न शिक्षालै निकै ठुलो भुमिका खेल्ने बताउनुभयो । 
साथै उहाँले एक अर्को प्रसंगमा वर्तमान सरकार लोकतन्त्र विपरितका कार्यहरुप्रति उद्धत रहेकाले यसका लागी सम्पुर्ण विद्यार्थीहरु एक हुनुपर्ने बताउनुभयो । 
अध्यक्ष पंगेनीले भन्नुभयो, “देशलाई समृद्धिको बाटोमा लैजाने भन्दै सरकार अधिनायकबादतर्फ अगाडि बढिरहेको छ” । लोकतन्त्रको पहरेदार नेपाली कागे्रस पार्टी रहेकाले लोकतन्त्रको रक्षाका लागी जस्तोसुकै कदम चाल्न समेत तयार रहेको उहाँले बताउनुभयो ।
भोजराज रेग्मीको सभापतित्वमा सम्पन्न कार्यक्रममा स्वगत युवराज सुवेदी र सञ्चालन खिम चापागाँईले गर्नुभएको थियो ।
 
View All

कर्मचारीको परिचय

  • K, P. Khanal

    K, P. Khanal
    Station Manager

  • Rituraj Mohan

    Rituraj Mohan
    Program Coordinator

  • Raju Aryal

    Raju Aryal
    Technician , Reporter

  • Narayan BK

    Narayan BK
    Marketing/Technician Chief

View All

कार्यक्रम तलिका

ON AIR

नेपाली चलचित्रका गीतहरु

UP NEXT

लोक सुसेली

सामाजिक सन्जाल

View All

फोटो ग्यालेरी