समाचार

नरोदय माध्यमिक विद्यालय पिडिखोलामा यस शैक्षिक वर्ष २०७५ देखि कृषि विषय अध्ययन हुने

गल्याङ,२१ साउन
स्याङजाको गल्याङ नगरपालिका वडा नम्बर ६ पिडिखोला स्थित नरोदय माध्यमिक विद्यालयमा यस शैक्षिक वर्ष २०७५ देखि कृषि विषय समावेश गरिएको छ ।
उच्च माध्यमिक सुरु भए देखि कक्षा ११ र १२ मा शिक्षा र व्यवस्थापन संकायमा अध्यापन हुदै आएको नरोदय मावि यस शैक्षिक सत्र देखि कृषि विषय समावेश गरिएको हो ।
नरोदय माविमा कृषि विषय अध्यापन हुने भएपछि अव कृषि अध्ययन गर्ने टाढा टाढा जानुपर्ने बाध्यता हटेको छ ।
यस्तै निम्न आयस्रोत भएकाहरुले पनि आफ्नै गाउँ ठाउँमा अध्ययन गर्न पाउने अवसर जुटेको छ ।
यसबाट स्याङजा र छिमेकी जिल्ला पर्वत, गुल्मीका विद्यार्थीहरु लाभान्वित हुने भएका छन् ।
यस्तै पर्वतको पैयु, विहादी गाउँपालिका र गुल्मीको कालीगण्डकी गाउँपालिकाका विद्यार्थीलाई आफ्नै घरमा बसेर अध्ययन गर्न आउन सक्ने विद्यालयका प्रधानाध्यापक प्रेम शर्मा पौड्लले बताउनुभयो ।
यस्तै विद्यालयको पुर्वाधार सुदृढ र सुविधा सम्पन्न भएकाले छात्रावासको समेत उपलब्ध गर्न सकिने विद्यालयले जनाएको छ ।
अव आफ्नै गाउँमा कृषि विषय अध्ययन गर्न सकिने भएपछि पिडिखोलाबासी हर्षित भएको पिडिखोलाबाट यमलाल पाण्डेले जानकारी दिनुभयो ।
 
View All

कर्मचारीको परिचय

  • K, P. Khanal

    K, P. Khanal
    Station Manager

  • Rituraj Mohan

    Rituraj Mohan
    Program Coordinator

  • Raju Aryal

    Raju Aryal
    Technician , Reporter

  • Narayan BK

    Narayan BK
    Marketing/Technician Chief

View All

कार्यक्रम तलिका

ON AIR

लोक सुसेली

UP NEXT

नेपाली गजल

सामाजिक सन्जाल

View All

फोटो ग्यालेरी