उत्पादित वस्तु विक्रीको ग्यारेण्टी सरकारले लिनुपर्छ : नगरप्रमुख अधिकारी

गल्याङ - नेपालमा बढ्दो व्यापार घाटाप्रति गल्याङबासीले चिन्ता प्रकट गरेका छन् ।  स्याङ्जाको गल्याङ नगरपालिकामा भएको कार्यक्रममा व्यापार घाटाको अवस्थाप्रति स्थानीयबासी चिन्तित भएका हुन् ।  उनीहरुले बढ्दो व्यावार घाटा काम गर्न गुणस्तरीय उत्पादन गरी निर्यात बढाउनुपर्नेमा पनि जोड दिएक छन् । 

नेपाल सरकार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको आयोजनामा भएको विश्व व्यापार संगठनको स्थानीयकरण र व्यापारमा मुल प्रवाहीकरण सम्बन्धि अन्तरक्रिया कार्यक्रममा गुणस्तरीय वस्तु उत्पादन गरी विश्व बजारमा पुग्नुपर्नेमा जोड दिइएको हो ।  कार्यक्रममा गल्याङ नगरपालिका प्रमुख भुपराज अधिकारीले निर्यातको ग्यारेण्टी लिएर गल्याङ नगरपालिकालाई अदुुवाबालीको केन्द्रको रुपमा विकास गर्ने बताउनुभयो ।

उहाँले आसपासका जिल्लाका पालिकाहरुलाई समेत समेटेर गल्याङ नगरपालिकालाई अदुुवाबालीको केन्द्रको रुपमा विकास गर्ने बताउनुभयो । नगरप्रमुख अधिकारीले भन्नुभयो –‘स्याङ्जासँगै पाल्पा, गुल्मी र पर्वत जिल्लालाई समेटेर अदुवाको उत्पादन गर्ने र गल्याङ नगरपालिकालाई त्यसको केन्द्रमा राख्ने योजना छ ।’  अदुवामा ५० प्रतिशतको अनुदानको व्यवस्था भएको भन्दै उहाँले उत्पादित अदुवा विक्रीको ग्यारेण्टी पनि नगरपालिकाले लिएको दोहो¥याउनुभयो ।

नगरप्रमुख अधिकारीले अन्तराष्ट्रिय गुणस्तरको मापदण्ड तयार गरी उत्पादन गर्न नगरपालिकाका किसानहरु पनि तयार हुनुुपर्ने बताउनुभयो । उहाँले यस वर्ष दश हजार सुन्तलाका बोट लगाउने अभियानमा पनि लागेको जानकारी दिनुभयो ।

नगरप्रमुख अधिकारीले किसानलाई प्रोत्साहन गर्नका लागि नै आफुले सबैभन्दा बढि ध्यान केन्द्रीत गरेको भन्दै उत्पादन भएपछि मात्रै परनिर्भरता हट्ने बताउनुभयो ।

कार्यक्रममा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव महेश आचार्यले अहिले नेपाललाई बजारको समस्या नभई उत्पादनको समस्या भएको बताउनुभयो ।

अहिले पनि एक रुपैयाँको निर्यात हुँदा १५ रुपैयाँ बराबरको आयात गर्नुपर्ने अवस्था रहेको भन्दै उहाँले व्यापार घाटा १४ रुपैयाँ हुने अवस्थाको अन्त्यका लागि गुणस्तरीय उत्पादनमा जोड दिनुपर्ने बताउनुभयो ।  बैदेशिक रोजगारीबाट प्राप्त हुने रेमिट्यान्सले मात्रै व्यापार घाटा धानिरहेको भन्दै उहाँले यहि अवस्था आएमा अबको केही वर्ष पछि जेष्ठ नागरिकको संख्या बढि हुने र रोजगारीको समस्या रहने बताउनुभयो ।

सहसचिव आचार्यले गुणस्तरीय उत्पादन कमि हुँदा निर्यात गर्न नसकिएका कारण विश्व व्यापार संगठनको सदस्यतालाई उपयोग गर्न नेपाल चुकिरहेको उहाँले बताउनुभयो ।

कार्यक्रमको सहजिकरण गर्नुभएका उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका उपसचिव रामकृष्ण अधिकारीले विश्व व्यापार संगठनबाट लाभ लिनका लागि निर्यातजन्य वस्तुको उत्पादन गर्न सकिने बताउनुभयो ।

सरकारले ल्याएका विभिन्न नीति तथा योजनाहरुका बारेमा जानकारी दिदै अधिकारीले चिया, अदुवा, अलैंची, औसधीजन्य जडीबुडी, सुन्तला, कफि लगायतका वस्तुको गुणस्तरीय उत्पादन गरी लाभ लिनुपर्ने बताउनुभयो ।

कार्यक्रममा जिल्ला प्रशासन कार्यालय स्याङ्जाका सहायक प्रमुख जिल्ला अधिकारी ध्रुव गिरीले किसानबाटै परिवर्तन हुने भएकाले तल्लो तहबाटै परिवर्तन ल्याउनुपर्ने बताउनुभयो ।

गल्याङ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत इश्वरीप्रसाद पाण्डेले विश्व बजारमा पहुँच पु¥याउनका लागि यस्ता कार्यक्रम उपयोगि हुने बताउनुभयो । कार्यक्रममा गल्याङ नगरपालिका वडा नम्बर तीनका अध्यक्ष महेश भट्टराईले स्थानीय तहबाट सक्दो प्रयास भैरहेको भन्दै संघीय सरकारले नै बढि पहल गर्नुपर्नेमा जोड दिनुभयो ।

वडा नम्बर सातका अध्यक्ष रामविर गुरुङले गुणस्तरीय उत्पादन नहुँदासम्म निर्यातमा समस्या हुने भएकाले यसमा नै सबैले जोड दिनुपने बताउनुुभयो । जिल्ला समन्वय समितिका सदस्य धनमाया विकले तल्लो तहका जनतालाई अनुदानको व्यवस्था हुनुपर्नेमा जोड दिनुभयो ।  कालीगण्डकी यातायात प्रा.लिका अध्यक्ष भेमलाल अर्यालले उत्पादनको

समयमा निर्यात गरी महङ्गो मुल्यमा अर्बौ रुपैयाँको चामल आयात गर्नुपरेको बताउनुभयो ।

गल्याङ चेम्बर अफ कमर्शका अध्यक्ष गंगाप्रसाद श्रेष्ठले नगरपालिकाले जस्तै संघीय सरकारले पनि किसान मैत्री निती लिनुपर्नेमा जोड दिनुभयो ।

प्रतिकृया दिनुहोस