शिक्षकहरु दलमा आवद्ध हुन नपाउने निती वालिङमा कडाईका साथ लागू गरिने
आगामी आर्थिक वर्षका लागि ८६ करोड ४७ लाख २१ हजार ५ सयको बजेट सार्वजानिक
वालिङ । स्याङ्जाको वालिङ नगरपालिकाले शिक्षकहरुलाई राजनीतिक दलसंग आवद्ध हुन नपाउने व्यवस्था कडाईका साथ लागू गरिने नीति पारित गरेको छ । १६ औँ नगरसभाले आगामी आर्थिक वर्षको निति तथा कार्यक्रम सार्बजनिक गर्दै यस्तो नीति ल्याएको हो । नगर सभामा नगरप्रमुख कृष्ण खांणले आगामी आर्थिक वर्षको निति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो




































