पाल्पाको असेर्दीमा अध्यक्ष कप क्रिकेट प्रतियोगिता सुरु
पाल्पा । पाल्पाको रम्भा गाउँपालिका अध्यक्ष कप क्रिकेट प्रतियोगिता आज सुरु भएको छ ।
असेर्दी स्पोर्टस् क्लबको आयोजनामा आउँदै गरेको विजयादशमीको अवसरमा खुल्ला क्रिकेट प्रतियोगिता सुरु भएको हो । प्रतियोगिताको उद्घाटनमा रम्भा गाउँपालिकाका अध्यक्ष विष्णुप्रसाद भण्डारीले खेलका माध्यमबाट युवाहरुमा एकता र भाइचाराको विकास हुने बताउनुभयो ।
नेपालमा क्रिकेट प्रतिको क्रेज बढिरहेको अवस्थामा असेर्दीमा अध्यक्ष कप क्रिकेट प्रतियोगिता हुनु सकारात्मक रहेको उहाँले बताउनुभयो ।
अध्यक्ष भण्डारीले रम्भा गाउँपालिका सबै क्षेत्रमा अगाढि बढिरहेको भन्दै यस्ता प्रतियोगिताले खेल क्षेत्रमा पनि विकास हुने बताउनुभयो ।
कार्यक्रममा रम्भा गाउँपालिका वडा नम्बर एक का अध्यक्ष इश्वरी काफ्लेले क्रिकेट प्रतियोगिता खेल मात्रै नभएर युवाहरुको एकताको सन्देश पनि भएको बताउनुभयो ।
प्रतियोगितामा पालिका अध्यक्ष विष्णु भण्डारी तथा वडाध्यक्ष काफ्लेले बलिङ र ले व्याटीङ गरेर उद्घाटन गरिएको थियो ।
उद्घाटनसँगै सोमबार भएको प्रतियोगिताको पहिलो खेलमा भुजात क्रिकेट क्लबले बेलचौर क्रिकेट क्बललाई ७६ रनले पराजित गरेको छ । टस हारेर व्याटिङ गरेको भुजातले दिएको १२८ रन बनाएपछि १२९ रनको लक्ष्य पछ्याएको बेलचौर ५२ रन बनाउँदा अल आउट भयो । खेलमा भुजातका शक्ति विक म्यान अफ द म्याच घोषित हुनुभयो ।
आजै भएको दोश्रो खेलमा गौमुख क्रिकेट क्लबले गल्याङ बहुमुखी क्याम्पसलाई तीन विकेटले हराएको छ । टस हारेर व्याटिङ गरेको गल्याङ बहुमुखी क्याम्पसले निर्धारित १२ ओभरमा ९२ रन बनाएको थियो । गौमुखले सात विकेटको क्षतिमा लक्ष्य भेटायो । खेलमा गौमुखका विशाल थापा म्यान अफ द म्याच घोषित हुनुभयो ।
यस्तै आजै भएको तेस्रो तथा आजको अन्तिम खेलमा कुरुङ्चे क्रिकेट क्लबले बुद्ध बोर्डिङ चापाकोटलाई एक सय १० रनले हराएको छ । कुरुङचे दिएको एक सय ७२ रनको लक्ष्य पछ्याएको चापाकोट ६४ रनमा अल आउट भयो । खेलमा कुरुङ्चेका सरोज पाण्डे म्यान अफ द म्याच घोषित हुनुभयो ।
प्रतियोगितामा २८ टिमको सहभागिता रहेको आयोजक क्लबका कार्यबाहक अध्यक्ष तथा खेल संयोजक विजय रानाभाटले जानकारी दिनुभयो । उहाँका अनुसार समूह चरणमा १२ ओभरमा सञ्चालन भैरहेको खेल सेमिफाइनल र फाइनल १६ ओभरमा सञ्चालन हुनेछ ।
असेर्दी क्रिकेट मैदानमा सञ्चालन भैरहेको प्रतियोगिता कार्तिक ४ गते सम्म सञ्चालन हुनेछ । प्रतियोगितामा प्रथम हुनेले ५० हजार, दोश्रो हुनेले २५ हजार, शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । त्यस्तै म्यान अफ दी सिरिजले २ हजार ५ सय, बेष्ट बलर र ब्याट्सम्यानले १ हजार ५ सयका दरले पुरस्कार र शिल्ड तथा प्रमाणपत्र प्रप्त गर्नेछन् । म्यान अफ दी म्याचले ५ सयका दरले पुरस्कार र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ ।
यसैवीच, आज पहिलो दिनको तीन वटा खेलको म्यान अफ द म्याचको पुरस्कार गल्याङ चेम्बर अफ कमर्सका अध्यक्ष अर्जुन रानाभाटले प्रायोजन गर्नुभएको छ । उहाँले तीन खेलका तीन जनाका लागि म्यान अफ द म्याचको रकम हस्तान्तरण गर्नुभएको हो ।



.jpeg)




प्रतिकृया दिनुहोस