खेलकुुद पहिलो प्राथामिकता हुुनुुपर्छः गण्डी प्रदेश सांसद भट्टराई

नारायण विश्वकर्मा–गण्डकी प्रदेश सभा सदस्य महेश भट्टराईले खेल क्षेत्र मानव स्वास्थ्यका लागि महत्वपूूर्ण अंग भएकाले खेलकुुदलाई पहिलो प्राथामिकतामा राख्नुुपर्ने बताउनुुभएको छ । 
स्याङ्जाको कालीगण्डकी गाउँपालिका २ लसर्गावेसीमा श्री आलाम देवी बहुुउदेश्य ग्रामिण सेवा परिवारले आयोजना गरेको पालिका स्तरिय खुल्ला महिला तथा भलिवल प्रतियोगितालाई सम्वोधन गर्ने क्रममा शनिबार भट्टराईले यस्तो बताउनुुभएको हो ।
उहाँले खेलकुुदको माध्यामबाट आपसी सद्भाव, मित्रता र सहिष्णुुता कायम हुने भन्दै खेलखकुुदले नै राष्ट्रलाई चिनाउने बताउनुुभयो ।
भट्टराईले आफुुले सामाजिक भवन, खेलमैदान निर्माण, खेलाडिलाई उचित पुुरस्कार र प्रोत्साहानका लागि गण्डकी प्रदेश सभामा आवाज उठाईरहेको बताउनुुभयो । उहाँले कालीगण्डकी गाउँपालिकामा खेलकुुदको प्रचुुर सम्भावना रहेको भन्दै विकासका लागि सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुुभयो ।
भलिबल प्रतियोगितामा महिला र पुुरुष गरि १६ वटा समुुहको सहभागिता थियो । आज हुुने फाइनल चरणको खेलमा पहिलो र दोस्रो स्थानका लागि आयोजक र काउले वालिङ, तेस्रो स्थानका लागि कालीगण्डकी गाउँपालिका–३ र गुुल्मी अस्लेवा बीच प्रतिस्पर्धा हुने छ । 
प्रतियोगितामा पुुरुष तर्फ पहिलो हुुनेलाई ६६ हजार छ सय ६६, दोस्रो हुने समुुहलाई ३३ हजार तीन सय ३३ र तेस्रो हुने समुुहलाई १६ हजार छ सय ६६ रुपैयाँ पुुरस्कार दिईने कालीगण्डकी गाउँपालिका–२ की वडा अध्यक्ष खगिसरा आलेले जानकारी दिनुुभयो । त्यस्तै महिला तर्फ पहिलो हुने समुुहलाई ३० हजार, दोस्रो हुने समुुहलाई १५ र तेस्रो हुने समुुहलाई सात हजार पाँच सय रुपैयाँ पुुरस्कार दिईने उहाँले बताउनुुभयो । सबै विजेता समुुहलाई शिल्ड मेडल र प्रमाणपत्र दिइने छ ।
आज प्रतियोगिताको समापन आयोजक संस्थाका अध्यक्ष वुुद्धसिंह रानाले गर्नुहुने वडा अध्यक्ष आलेले जानकारी दिनुुभयो । उहाँका अनुुसार उद्घाटन गाउँपालिकाका अध्यक्ष खिमबहादुर थापाले गर्नुुभएको थियो ।
 

प्रतिकृया दिनुहोस