गल्याङमा आयोजित सिक्स ए साइड फुटवलको उपाधी भीरकोटलाई

नारायण विक–गल्याङ बजारमा भएको खुल्ला ‘सिक्स ए साइड’ फुटबलको उपाधी भीरकोट फुटवल क्लब वयरघारीले जितेको छ । गल्याङ नगरपालिका–३ विपिसी खेलमैदानमाशनिबार भएको प्रतियोगितामा आयोजक गल्याङ युवा क्लवलाई २–१ गोल अन्तरले हराउँदै भीरकोट बिजयी भएको हो ।

 

भीरकोटका लागि खेलको १९ औं मिनेटमा अनिष नेपालीले गोल गर्नुुभको थियो । मध्यान्तरपछिको दोश्रो मिनेटमा नै गल्याङ युवा क्लबका सुजल पाठकले गोल गर्दै खेललाई बराबरीमा फर्काउनुु भएको थियो । तर एडिसनल समयमा भीरकोटका लागि युवराज गुरुङले आकर्षक निर्णायक गोल गर्दै आफ्नो टिमलाई विजयी बनाउन सहयोग पु¥याउनुु भएको थियो ।

 

विजेता बनेको भीरकोटले ट्रफि, मेडल र प्रमाणपत्रको साथमा रु २५ हजार नगद पुरस्कार पाएको छ । उपविजेता बनेको आयोजक गल्याङले ट्रफी, मेडल र प्रमाणपत्रको साथमा रु १५ हजार नगद पुरस्कार पाएको छ । 

 

प्रतियोगीतामा गल्याङबाट मोहित अधिकारी उत्कृष्ट गोलरक्षक, वयरघारीबाट अनिष नेपाली उत्कृष्ट खेलाडी, अनुुशासित टिम गल्याङ बहुमुखी क्याम्पस र  स्पिरिट अफ फुटबल अवार्ड मालुुङ्गा युवा क्लब घोषित भएका छन् । प्रतियोगीता अवधी भर आठ÷आठ गोल गरेर सुुजल पाठक र अनुुप थापा सर्वाधिक गोल गर्ने खेलाडी बनेका छन् । प्रतियोगीतामा २२ समुह सहभागी भएका थिए ।

 

प्रतियोगितामा विजेता, उपविजेता, सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलकर्ता, खेलाडी र गोलरक्षक, अनुुशासित टिमलाई गल्याङ नगरपालिकाका प्रमुख गुरुप्रसाद भट्टराईले पुरस्कार तथा प्रमाणपत्र हस्तान्तरण गर्नुभएको थियो । 

प्रतिकृया दिनुहोस