गल्याङमा सिक्स ए साइड फुटवल प्रतियोगिता सुुरु

नारायण विश्वकर्मा–स्याङ्जाको गल्याङ नगरपालिका–३ गल्याङ बजार स्थित विपिसी खेलमैदानमा पहिलोपटक सिक्स ए साइड फुटवल प्रतियोगिता सुुरु भएको छ । गल्याङ यु्वा क्लकले आयोजना गरिको फुटवल प्रतियोगिताको मंगलबार गल्याङ नगरपालिका–३ का वडा अध्यक्ष कृष्ण प्रसाद भट्टराईले उद्घाटन भएको छ ।

कार्यक्रममा वडा अध्यक्ष भट्टराईले युवा माझमा लोकप्रिय बन्दै आएको फुुटवल प्रतियोगिता आयोजना हुनु गल्याङको खेलक्षेत्रको विकास भएको बताउनुुभयो । उहाँले यहाँका युवाहरुलाई खेलक्षेत्रमा जनप्रतिनिधिहरुले आवस्यक सहयोग गर्नुपर्नेमा जोड दिनुुभयो ।

प्रतियोगितामा १८ समुुह सहभागी भएको गल्याङ फुटबल समितिका सदस्य सन्तोष भण्डारीले जानकारी दिनुुभयो । उहाँका अनुसार मंगलबार भएको उद्घाटन खेलमा चार समुुह बीच प्रतिस्पर्धा भएको छ ।
गल्याङ नगरपालिका र आयोजक निलो बीच भएको पहिलो खेलमा गल्याङ नगरपालिकाले जितको सुुरुवात गरेको छ भने बुुटवल तिलोत्तमा र स्पन्धन फुटवल क्लब भुुम्रे बीच भएको खेलमा बुुटवल तिलोत्तमा विजयी भएको छ ।

प्रतियोगितामा पहिलो हुनेलाई २५ हजार र दोस्रो हुुनेलाई १५ हजार ट्रफी, मेडल सहित प्रमाणपत्र पुुरस्कार दिइने खेल संयोजक अमित रानाले जानकारी दिनुुभयो ।
उहाँले बेस्ट प्लेयर, बेस्ट गोकिलपर, उत्कृट गोलकर्तालाई पनि उचित पुरस्कार दिइने बताउनुुभयो

अध्यक्षता ग्रहण गर्नुभएका गल्याङ युवा क्लवका अध्यक्ष गंगा प्रसाद श्रेष्ठले उद्घाटन कार्यक्रमको समापन गर्दै अनुसासित भएर खेल खेल्न आग्रह गर्नुुभयो । उहाँले खेलमा सहभागी सम्पुर्णलाई सफलताको शुुभकामना समेत दिनुुभयो । प्रतियोगिता असोज ६ गते समापन हुने छ ।
 

प्रतिकृया दिनुहोस