नेकपा माओवादी केन्द्र गल्याङ नगर कमिटिको सचिवालय बैठक सम्पन्न

गल्याङ–नेकपा माओवादी केन्द्र गल्याङ नगर कमिटिको सचिवालय बैठक सम्पन्न भएको छ ।
कार्यक्रममा नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य तथा स्याङ्जा जिल्ला इन्चार्ज राजकाजी गुरुङ करणले माओवादीले जनतालाई माछा मार्ने जाल दिएको बताउनुभयो ।
उहाँले केही राजनितिक पार्टीहरुलाई तत्काल माछा मात्र दिएर भ्रम सिर्जन ागर्न खोजेको आरोप लगाउँदै माओवादीको जालले दिर्घकालिन रुपमा जनताले माछा मारेर खान सक्ने बताउनुभयो ।
उहाँले माओवादी नेतृत्वको सरकारले भ्रष्टचारीलाई कार्वाही गरि सुुशासन कायक गर्ने महा अभियानमा जुटेको भन्दै भ्रष्टचारीको समाप्ती नभए सम्म अभियान जारी राख्ने दावी गर्नुभयो ।
गुरुङ्ले माओवादीले संघिय संरचना अन्तरगत केन्द्रको करोडौँ रकम स्थानीय तहलाई दिएको बताउनुभयो ।
उहाँले गणतन्त्रको उदय हु्नु भन्दा पहिले यति धेरै बजेट स्थानीय तहहरुमा नजाने गरेको समेत दावी गर्नुभयो ।
कार्यक्रममा नेकपा माओवादी केन्द्रका जिल्ला संयोजक लोकेन्द्र थापा मगर, नेकपा माओवादी केन्दख्र गण्डकी प्रदेश सदस्य कुशल भट्टराई, नेकमा माओवादी नेता शालिग्राम थापा, नेकपा माओवादी केन्द्र गल्याङ नगर कमिटि अध्यक्ष चन्द्रबहादुर राना चित्र लगाएतले बोल्नुभएको थियो ।
कार्यक्रममा विभिन्न वडाको प्रतिनिधित्व गर्दै विभिन्न पधाधीकारीले आफ्नो वडामा भए गरेका प्रगति विवरण सहितको रिपोर्ट प्रस्तुत गरेका थिए ।
नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य तथा गल्याङ नगर कमिटि इन्चार्ज लालबहादुर गुरुङ्लेृ कार्यक्रमको समापन गर्दै माओवादी केन्द्रले दलाल घुसखोरी कसैलाई नछोड्ने बताउनुभयो ।
उहाँले माओवादी केन्द्रले सुरु गरेको जनता संघ माओवादी कार्यक्रम अन्तर्गत हजारौँ निस्कृय माओवादी पार्टीमा कृयशिल हुने दावी गर्नुभयो ।

प्रतिकृया दिनुहोस