पूर्वाधार निर्माण उच्च प्राथमिकतामाः गल्याङ नगरप्रमुख भट्टराई
गल्याङ । गल्याङ नगरपालिका प्रमुख गुरुप्रसाद भट्टराईले पूर्वाधार निर्माणलाई गल्याङ नगरपालिकाले उच्च प्राथमिकता दिएको बताउनुभएको छ ।
उहाँले सडक यातायात सहित गल्याङ नगरपालिकामा बन्न बाँकी रहेका संरचना निर्माणमा नगरपालिका लागिरहेको बताउनुभयो ।
गल्याङ नगरपालिका वडा नम्बर ५ को मोहनडाँडामा बन्न लागेको वडा कार्यालय भवन शिलान्यास कार्यक्रममा उहाँले यस्तो बताउनुभएको हो ।
नगरप्रमुख भट्टराईले वडा कार्यालय बन्न बाँकी रहेका गल्याङ नगरपालिकाको २, ४ र ८ नम्बर वडा कार्यालयहरुको भवन पनि छिटै निर्माण हुने बताउनुभयो ।
जनताका न्यूनतम आवश्यकता परिपूर्तिसँगै जनतालाई सेवा दिने भवनहरुको पनि उत्तिकै खाँचो रहेको नगरप्रमुख भट्टराईले बताउनुभयो ।
उहाँले गल्याङ नगरपालिकाको क्षेत्र केही ग्रामिण भएपनि अथाह सम्भावना बोकेको ठाउँ भएकाले त्यसको सदुपयोग गर्न सबै एकजुट हुनुपर्ने बताउनुभयो ।
नगरप्रमुख भट्टराईले ग्रामिण क्षेत्रका जनतालाई बजारसम्मको पहुँच सहज बनाउन सडक पूर्वाधारको कामलाई नगरपालिकाले प्राथमिकता दिएको बताउनुभयो । कच्चि बाटो धेरै ठाउँमा पुगे पनि बाटो पिच गर्ने र स्तरउन्नतीको काम बाँकी रहेको भन्दै उहाँले आफ्नो कार्यकाल भरीमा गल्याङका धेरै बाटोहरु कालोपत्रे हुने नगरप्रमुख भट्टराईको भनाई छ ।
उहाँले शिक्षा र स्वास्थ्य जस्ता आधारभूत आवश्यकता सबै नगरवासी सामु पु¥याउन आफु निरन्तर सक्रिय रहेको बताउनु्भयो ।
नगरप्रमुख भट्टराईले सकेसम्म आफुले जनताको आवश्यकता समाधान गर्ने प्रयासमा लागिरहेपनि कहिलेकाँही नजर नपुगेको ठाउँमा आफुलाई सचेत बनाउन पनि आह्वान गर्नुभयो ।
कार्यक्रममा गल्याङ नगरपालिका उपप्रमुख हेमा न्यौपाने तिमिल्सिनाले स्थानीय जनताको आवश्यकता परिपूर्ति गर्दै गल्याङलाई नमूना नगरपालिका बनाउन आफुहरु क्रियाशिल रहेको बताउनुभयो । कार्यक्रममा गल्याङ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दामोदर शर्मा, वडा नम्बर १ का वडा अध्यक्ष मणिप्रसाद बस्याल, वडा नम्बर ३ का वडा अध्यक्ष कृष्णप्रसाद भट्टराई, वडा नम्बर ९ का वडाध्यक्ष् नामदेब खनाल, वडा नम्बर ११ का वडाअध्यक्ष दलबहादुर सिंजाली, नेपाली काङ्ग्रेस गल्याङ नगर समिति सभापति श्यामप्रसाद बस्याल, नेकपा एमालेका नेता छविलाल भूषाल, माओवादी केन्द्रका गल्याङ नगर कमिटि अध्यक्ष चित्र राना लगायतको पनि उपस्थिति रहेको थियो ।







प्रतिकृया दिनुहोस