रवि लामिछाने आज गल्याङ, वालिङ र भीरकोटमा आउने

गल्याङ–राष्ट्रिय स्वतन्त्र पार्टीले गल्याङमा आज गर्ने भनेको भेलाको सम्पूर्ण तयारी पुरा भएको जनाएको छ । 
राष्ट्रिय स्वतन्त्र पार्टी गल्याङ नगर समितिले आज गल्याङको गिरिङ्दीमा पत्रकार सम्मेलन गरी भेलाको सम्पूर्ण तयारी पुरा भएको जानकारी दिएको हो । 
भेलालाई सम्बोधन गर्न राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय सभापति रवि लामिछाने आउने पत्रकार सम्मेलनमा जानकारी दिइएको छ । 
दिउसो तीन बजे गल्याङ नगरपालिका ३ लेमभित्तामा हुने सभामा सहभागी हुन राष्ट्रिय स्वतन्त्र पार्टीले सबैलाई आह्वान पनि गरेको छ । 
पत्रकार सम्मेलनमा राष्ट्रिय स्वतन्त्र पार्टीका स्याङ्जा जिल्ला संयोजक तथा गण्डकी प्रदेश सदस्य रुक्मागत भण्डारी विश्वासले खुल्ला सभा भएकाले सम्पूर्णलाई सहभागिताका लागि अनुरोध गर्नुभयो । 
उहाँले पुराना पार्टीबाट अवस्था परिवर्तन सम्भव नभएकाले आफुहरु संगठन विस्तार सहितका योजनामा रहेको बताउनुभयो । 
भण्डारीले अब वडा, नगर, जिल्ला प्रदेश हुँदै केन्द्रको महाधिबेशन तिर लाग्ने भन्दै स्याङ्जामा पनि सोही अनुसारको भेला हुन लागेको स्पष्ट पार्नुभयो । उहाँले अरुलाई दोष दिनु भन्दा पनि आफुहरु अवस्था परिवर्तनका लागि लागिरहेको बताउनुभयो ।  
पत्रकार सम्मेलनमा गल्याङ नगर समिति संयोजक टिकाराम भण्डारी लगायतको सहभागिता रहेको थियो ।  
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले गल्याङ आउनु अगाडि भिरकोट नगरपालिकामा विहान दश बजे, वालिङमा दिउसो १ः३० बजे सम्बोधन गर्ने तय भएको छ । 
 

प्रतिकृया दिनुहोस