लक्ष्मण विश्वकर्माको बहुप्रतिक्षत लोक गीत ‘गुन’ सार्वजनिक
गल्याङ–नवकलाकार लक्ष्मण विश्वकर्माको बहुप्रतिक्षत लोक गीत ‘गुन’ सार्वजनिक भएको छ । प्रेम सापकोटा सोनु यु्ट्युब च्यानलमार्फत गीत सार्वजनिक भएको हो ।
पर्वतको विहादी गाउँपालिका–६, शालिग्राम खुरखुरेमा जन्मेका विश्वकर्माले ‘गुन’ नामक लोक गीतमा पहिलोपटक स्वर दिएका हुन् भने उनलाई स्याङ्जाली कलाकार धनी गाहाले साथ दिएकी छन् ।
सञ्चारकर्मी दिनेश काफ्लेको लय, शब्द, सिर्जना रहेको गीतमा काफ्ले र निता गहतराजको अभिनय रहेको छ । गीतको भिडियो पाल्पाली कलाकार राज राईले निर्देशन गरेका छन् ।
गीतको छायांकन कलाकार विश्वकर्माकै जन्मभूमि विहादी गाउँपालिकाका आसपासमा गरिएको छ ।
विश्वकर्माले सानै देखि आफ्नो रुचि लोक गीत गाउने भएको बताए । उनले भर्खर बजारमा सार्वजनिक भएको गीतलाई अत्याधिक माया गरिदिन दर्शक स्रोता समक्ष अनुरोध गरेका छन् ।
विश्वकर्मा निक्कै राम्रो स्वर भएका कारण उनको सांगीतिक भविष्य उज्वल भएको उनलाई नजिकबाट चिन्ने सन्तोष सुनारले बताए । सुनारका अनुसार विश्वकर्माको गीत सुनेपछि गाउँमा जो कोही पनि मोहित हुने गर्दथे । ‘विश्वकर्माको आवाज राष्ट्रिय स्तरमा बडो तहल्का मच्चाउने खालको छ ।’ सुनारले भने, ‘उहाँले अवसर पाउनुभएको छैन्, अवसर पाएमा लोक संगीत क्षेत्रमा एउटा पृथक नक्षत्रको उदयले नेपाल बेस्सरी चम्कने थियो ।’
विश्वकर्माले लोकगीत सम्वन्धी विभिन्न प्रतियोगितामा तीन दर्जन भन्दा धेरै उपाधी चुमेका छन् ।
लक्ष्मण संगै संगै गीत गाउने उनका भई नारायण विश्वकर्मा भन्छन्, ‘लक्ष्मण दाई जहाँ, जहाँ जानुहुन्थ्यो त्यहाँ त्यहाँ उहाँले कुनैन कुनै उपाधी पाउनुहुन्थ्यो, उहाँको आगमन भएको थाहा पाएपछि कतिले त दर्ता नगर्ने र तर्दा फिर्ता गर्ने गर्दथे ।
विश्वकर्माको स्वर कतिपयले चर्चित कलाकार खुमन अधिकारीको स्वर संग मेल खाने बताउने गरेका छन् तर विश्वकर्माले भने अफ्नो स्वर कसैसंग नमिल्ने दाबी गर्ने गरेका छन् । ‘गीत गाउने रुचि सानै देखिको हो, आर्थिक अभावका कारण आफ्नो प्रतिभा दबाउन बाध्य भए ।’ उनले भने, ‘अझै पनि भने जस्तो अवसर पाएको छैन ।’








प्रतिकृया दिनुहोस