लोकप्रिय गायक बिक्रम परियारको गीत “चौतारिको बर”

पछिल्लो समयलाई पारदर्शी दृष्टिकोणबाट मुल्यांकन गर्नु पर्दा लोकगीत क्षेत्रमा अत्यधिक सबल देखिएका छन नबकलाकार बिक्रम परियार ।अत्यन्त मिजास र अनुशासित आचरण भएका बिक्रम एक प्रतिभावान् र क्षमावान् ब्यक्ति हुन। उनको मिठास आवाजका पारखिहरुको भिड पनि उत्तिकै छ्न यतिबेला ईमेज लोक दोहोरी बाट लोक संगितमा पाईला टेकेका उनले लगभग दर्जन गित गायिसकेका छन् ।

उनै लोकप्रिय गायक तथा मोडल बिक्रम परियार र सुमित्रा तामाङको सयुक्त आवाजमा निकैनै उत्कृष्ट गीत “चौतारिको बर” बोलको नयां कोसेलि चर्चित संगितकार बसन्त थापाको युटुब च्यानल द्वारा सार्बजनिक भएको छ । उनै चर्चित संगितकार बसन्त थापाको बेजोड संगित रहेको उक्त सृजनामा प्रख्यात सर्जक नकुल ढकालको उत्कृष्ट सब्द रहेको छ भने चर्चित संगित संयोजक आसिष अबिरलको संगित संयोजन रहेको छ| निर्देशक मौसम हिमालिको निर्देशनमा तयार पारिएको भिडियोमा बहुचर्चित गायक तथा मोडल रामजि खाण, सम्पदा बानियां र बसन्त थापाले मुख्य भुमिका निर्बाह गरेका छन्  । बिपि फिलिम्सको ब्यानरमा बजार ब्यबस्थापन गरिएको “चौतारिको बर” ले कत्तिको बजार तताउछ र आम दर्सकको रुचाईमा कस्तो प्रभाब पार्छ त्यो भने हेर्नै बाकि छ ।

प्रतिकृया दिनुहोस