कल्लेरी गाउँको चिनारी गीत म त स्याङजाकी छोरी सार्वजनिक

स्याङजाको गल्याङ नगरपालिका वडा नम्बर ७ कल्लेरी गाउँको चिनारी गीतको म्युजिक भिडियो म त स्याङजाकी छोरी विहिवार सार्वजनिक भएको छ ।

कल्लेरी गाउँमा जन्मनु भएका रमेश रानाको शब्दमा रहेको म त स्याङजाकी छोरी बोलको गीतको म्युजिक भिडियो युट्युब च्यानल लाइफ लाइन मार्फत सार्वजनिक गरिएको हो । दिका गुरुङको निर्देशन रहेको गीतमा मिलन नेवारको स्वर, जी पुनको संगित तथा संयोजन र सान गुरुङको कोरियोग्राफ रहेको छ ।

गीतको म्युजिक भिडियोमा गल्याङ – २ गराङदीकी अन्जली थापा मगर र कल्लेरीका स्थानिय कलाकारहरुको अभिनय छ । उक्त म्युजिक भिडियोमा कल्लेरी गाउँको कला, संस्कृतिलाई समेटिएको छ भने गीतको छायाँङकन कल्लेरी गाउँ, पेलाकोट र कपुर्दीमा गरिएको छ ।

गीतको माध्यमबाट कल्लेरी गाउँको प्रचारप्रसार र पर्यटकलाई भित्रयाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

 

प्रतिकृया दिनुहोस