जगत्रदेवी साहित्य संगमको अध्यक्षमा नारायण प्रसाद ज्ञवाली निर्वाचित

नारायण विश्वकर्मा–जगत्रदेवी साहित्य संगमको अध्यक्षमा नारायण प्रसाद ज्ञवली सर्बसम्मतले निर्वाचित हुनु भएको छ । शनिबार गल्याङ नगरपालिका–३, स्थित गल्याङ बहुमुखी क्याम्पसको सभाहलमा भएको तेस्रो औँ अधिवेशनले १३ सदस्यीय नयाँ कार्य समिति सर्बसम्मतले चयन गरिएको छ ।

समितिको उपाध्यक्षमा चण्डीका प्रसाद भट्टराई, सचीवमा मिलन समिर, कोषाध्यक्षमा लिलाबल्लौ अर्याल, सह सचीवमा डिल्लीराम भण्डारी, सदस्यहरुमा प्रेमबन्धु सुवेदी, नारायण विश्वकर्मा, सिर्जना खनाल, प्रदिप पाण्डे, गणेश अधिकारी, टिकाराम अधिकारी, अमृता खनाल, वसन्ती अधिकारी निर्वाचित हुनुुभएको छ ।

कार्यक्रममा गल्याङ नगरपालिकाका प्रमुख गुरु प्रसाद भट्टराईले देशको उज्यालो भविष्यका लागि साहित्यको महत्वपुर्ण भुमिका हुने बताउनुभयो । उहाँले जगत्रदेवी साहित्य संगमले लामो समय देखि गल्याङ सेरोफेरोमा रचना र सिर्जनाको खोजीमा विताएको बताउनुभयो ।

“गल्याङको आर्थिक, सामाजिक, राजनीतिक, सांस्कृतिक क्षेत्रमा साहित्य संगमले प्रतिबिम्बको रुपमा काम गरेको छ”, नगर प्रमुख भट्टराईले भन्नुभयो, “साहित्य सिर्जनाको निचोड सामाजिक मुल्य मान्यता र परम्परालाई सही ढंगबाट स्थापित गर्नुपनि हो ।”

उहाँले साहित्य, संगीत र साधनाको विकास र उन्नतीका लागि नगरपालिका सधैभरि तयार रहेको जनाउनुभयो । गल्याङमा प्रज्ञा प्रतिष्ठानको आवश्यकता देखेर आफुले बजेट विनियोजन गरेको भट्टराईको भनाइ छ ।

कार्यक्रममा वरिष्ठ साहित्यकार मिलन समिर, गल्याङ बहुमुखी क्याम्पस सहायक ऋषिराम भण्डारी, गल्याङ बहुमुखी क्याम्पसका सहायक प्रध्यापक लेखनाथ चापागाई, साहित्यकार लिलाबल्लौ अर्याल, गल्कोट मा.विका पूर्व प्रध्यानाध्यापक डिल्लिराम अधिकारी, साहित्यकारहरु शम्भु अर्याल, डिल्लिराम भण्डारी, प्रेमबन्धु सुवेदी, मुक्तक मञ्च स्याङ्जाका अध्यक्ष उदय अतित, पत्रकार नारायण विश्वकर्मा, सिर्जना खनाल, सिजन अर्याल, स्मारिका अर्याल, लगाएतले रचना वाचन संगै शुभकामना मन्तव्य राखेका थिए ।

जगत्रदेवी साहित्य संगमका अध्यक्ष सुर्य प्रसाद डुम्रेको अध्यक्षतामा भएको उद्घाटन सत्रमा  स्वागत मन्तव्य उपाध्यक्ष नारायण प्रसाद ज्ञवालीले गर्नुभएको थियो भने संचालन सचीव चण्डिका प्रसाद भट्टराईले गर्नुभएको थियो । कार्यक्रममा गल्याङ प्रज्ञा प्रतिष्ठान गठनका बारेमा छलफल समेत भएको थियो ।

प्रतिकृया दिनुहोस