सनराईज बैंकको सेवा स्याङजाको हेलुमा समेत सुभारम्भ

गल्याङ-सनराईज बैंकले स्याङजाको हेलुमा शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको छ । योसँगै सनराइजको शाखारहित बैंकिङ सेवा संख्या ७१ पुगेको छ । पुतलीबजार नगरपालिका वडा नं। ११, हेलुमा खोलिएको शाखारहित सेवाको उद्घाटन पुतलीबजार नगरपालिका वडा नम्बर ११ का वडाध्यक्ष भवानीप्रसाद लामिछाने र बैङ्कका गण्डकी प्रदेश प्रमुख सुजन पौडेलले संयुक्तरुपमा गर्नुभयो ।

उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि वडाध्यक्ष भवानीप्रसाद लामिछानेले अत्याधुनिक बैकिङ्ग सेवा गाउँमै आउँदा आफु निकै खुशी भएको र आफ्नो सक्दो सहयोग रहने बताउनुभयो । कार्यक्रममा भीरकोट नगरपालिका वडा नम्बर ७ का वडाध्यक्ष शेषकान्त अर्याल, भीरकोट उद्योग बाणिज्य संघका बरिष्ठ उपाध्यक्ष जगदीश प्रसाद कोराला र बैङ्कका वालीङ्ग शाखा प्रमुख ध्रुव लम्सालले मन्तव्य राख्नुभएको थियो ।

सनराईज बैङ्कका गण्डकी प्रदेश प्रमुख सुजन पौडेलको सभापतीत्वमा सम्पन्न कार्यक्रममा स्वागत मन्तव्य वालीङ्ग शाखा प्रमुख ध्रुव लम्सालले गर्नुभएको थियो । उक्त शाखारहित बैंकिङ सेवाको प्रतिनिधिको रुपमा बैंकले युवराज अर्याललाई नियुक्त गरेको छ ।

शाखारहित सेवाबाट ग्राहकले बैङ्कका प्रतिनिधिमार्फत बैंकिङ सेवा लिन सक्ने छन् । यसबाट निक्षेप खाता खोल्ने, तोकिएको सीमासम्मको रकम जम्मा गर्ने तथा झिक्ने, आफ्नो खातामा रहेको मौज्दातको जानकारी लिने, कर्जाको ब्याज भुक्तानी गर्ने, मोबाइल र डिसहोम टेलिभिजन रिचार्ज लगायत सुविधा उपलब्ध हुने बैंकले जनाएको छ ।

प्रतिकृया दिनुहोस