पाल्पाका युवकले गरे कोरियामा घाटी रेटेर आत्महत्या


दक्षिण कोरियामा रोजगारीका लागि गएका एक नेपालीले आत्महत्या गरेका छन् ।  पाल्पा स्थायी घर भएका कुशबहादुर थापाले चक्कुले घाँटी रेटेर आत्महत्या गरेका हुन् । थापाले सुसाइड नोट लेखेर स्थानीय समय अनुसार राती ९ बजेतिर आत्महत्या गरेको बताइएको छ ।  थापाले ५ वर्ष कोरियामा काम गरिसकेको उनीसँगै काम गर्ने साथीहरुले बताएका छन् । मृतक थापाले कुलतको ओभर डोजले होश गुमाउँदै गएको र ईश्वरलाई धन्यवाद दिने आशयको सुसाइड नोट छोडेको बताइएको छ  । आत्महत्याको कारण भने खुलिसकेको छैन ।
 

प्रतिकृया दिनुहोस